प्रदेशसभाका पाँच मर्यादापालकमा कोरोना संक्रमण

प्रदेशसभाका पाँच मर्यादापालकमा कोरोना संक्रमण

जनकपुरधाम : प्रदेश २ को प्रदेशसभा अन्तर्गत खटिएका पाँचजना मर्यादापालकसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशसभाको चौथो अधिवेशन अन्तर्गत बुधबारदेखि सुरु संसदमा खटिएका पाँच जना मर्यादापालकमा कोरोना संक्रमण पुष्टि भएको हो । 

चौथो संसद अधिवेशनका लागि गत आइतबार, सोमबार, मंगलबार गरी कूल ३ सय ४० जनाको स्वाब परीक्षण गरिएकोमा पाँच जना मर्यादापालक र एकजना राज्यमन्त्रीका स्वकिय सचिवमा कोरोना पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । लकडाउनको समयमा सुरक्षाकर्मीको रुपमा संसदबाहिर सडकमा खटाइएका प्रहरीमा संक्रमण देखिएको छ । 

जसमध्ये एक जना एक राज्यमज्त्रीका स्वकीय सचिवसमेत रहेका छन् । पछिल्लो २४ घण्टामा गरिएको कोरोना परीक्षणमा प्रदेश २ मा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशसभाका सांसद, कर्मचारी र सुरक्षाकर्मीको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.