अर्को पीसीआर मेसिन किन्दै गण्डकी

अर्को पीसीआर मेसिन किन्दै गण्डकी

पोखरा : कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि गण्डकी प्रदेशले आफैं अर्को पीसीआर मेसिन खरिद गर्ने भएको छ। एउटा पीसीआर यसअघि नै उसले किनेको थियो। अहिले गण्डकीमा ३ वटा पीसीआर परीक्षण मेसिन छन्। 

प्रदेश सभामा प्रदेश सभा सदस्यका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ३० हजार जनाको पीसीआर परीक्षण गर्ने लक्ष्य सुनाए। उनी सरकारको नीति तथा कार्यक्रममाथि सांसदका जिज्ञासाको जवाफ दिँदै थिए। उनले जवाफ दिएपछि नीति तथा कार्यक्रम बहुमतबाट प्रदेश सभाले पारितसमेत गरेको छ। 

‘हाम्रो अहिलेचाहिँ प्रदेश प्रयोगशाला स्थापना भएको छ। ३ वटा पीसीआर मेसिन छन्। एउटा पोर्टेबल पीसीआर मेसिन केन्द्रबाट आएको, एउटा पहिल्यैदेखि यही भएको र अर्को प्रदेश सरकारले किनेको। अहिले पीसीआर परीक्षण क्षमता दैनिक ५ सय छ। निकट भविष्यमा अर्को पीसीआर मेसिन थप्दैछौं,’ कोरोना विरुद्धको लडाइमा प्रदेश सरकारले गरेका कामबारे जानकारी दिँदै मुख्यमन्त्रीले भने, ‘७ वटा प्रदेशमध्ये गण्डकी प्रदेशमात्रै त्यस्तो प्रदेश हो, जसले आपैmले पीसीआर मेसिन किनेर ल्यायो। अर्को पीसीआर मेसिन आयो भने दिनमा ७ जनाको पीसीआर परीक्षण गर्न सक्छौं। कर्मचारीको प्रबन्ध गर्न सकियो, सारा लजिस्टिकको प्रबन्ध गर्न सकियो भने त्योभन्दा पनि धेरै हुन सक्छ परीक्षण।’

साउनसम्म गण्डकी प्रदेशमा ३० हजारजना बाहिरबाट आउँछन् भन्ने अनुमान गरेको गरेको मुख्यमन्त्रीले सुनाए। उनले भने, ‘तिनीहरु सबैको पीसीआर परीक्षण गर्नुपर्छ भनेर तयारी गरेका छौं। ३ वटा मेसिन भयो भने त्यो सम्भव होला। एउटा महिनामा कमसेकम १० हजारको दरले टेस्ट गर्न सक्यौ भने ३० हजार सबैको परीक्षण गर्न सकिन्छ।’

मुख्यमन्त्री गुरुङले प्रदेशमा ६ हजारजनाको पीसीआर परीक्षण भएको सुनाए। उनकै भनाइमा ९ हजारको आरडिटी परीक्षण भइसकेको छ। पीसीआर परीक्षण गर्न चाहिने भिटिएम ४ हजार ७ सयमध्ये ६ सय मौज्दात रहेको जानकारी उनले दिए। २६ हजार खरिदका लागि १० दिने सूचना गरिसकेको उनले दिएको अर्को जानकारी थियो। ‘केन्द्रमा भर परेका छैनौं, केन्द्रले हामीलाई चाहिने मात्रामा दिन सकेको छैन। हामीले हाम्रो स्रोत साधन परिचालन गरेर छिटोभन्दा छिटो काम गरिराछौं, उनले भने, ‘तर १५ लाखको चिजलाई ३० लाख ल्याउन हुन्न। गुणस्तर र मूल्यलाई ख्याल गरेर काम गरिरहेका छौं।’ 

पीसीआर किट १७ हजार खरिद गर्ने बताउँदै मुख्यमन्त्रीले आरडिटी किट १२ हजारमध्ये १८ सय मौज्दात रहेको सुनाए। ‘प्रदेशमा ५४ वटा भेन्टिलेटर व्यवस्था गरेका छौं,’ उनले भने, ‘५ वटा भेन्टिलेटर बागलुङमा जडान गरिएको छ। अरु पनि खरिद गर्ने सम्झौता भएको छ। १६ वटा डायोलोसिस मेसिन खरिद गरेका छौं। म्याग्दी, पर्वत, स्याङ्जामा ४/४ वटा राखेका छौं हामीले।’

रगतका २ सय वटा नमुना एकैसाथ परीक्षण गर्न सक्ने फुल्ली अटोमेटिक बायोकेमेस्ट्रि एनलाइजर ४ वटा खरिद गरेको पनि मुख्यमन्त्रीले संसदमा सुनाए। अल्ट्रा साउन्ड मेसिन ५ वटा खरिद गरेको, खोप राख्ने मेसिन ७ वटा खरिद गरेको लगायत जानकारी उनले दिए। ‘एक्सरे मेसिन मध्यबिन्दु अस्पतालमा उपलब्ध गराएका छौं। भिडियो एक्सरे गर्ने पोर्टेबल मेसिन लगायत खरिद गर्दैछौं,’ उनले भने, ‘४ वटा इसिजी मेसिन खरिद गर्ने प्रक्रिया थालिसक्या छौं। ७० प्रकारका एलोपेथिक औषधी खरिद गरी सबै जिल्लाका अस्पतालमा पठाइएको छ पर्याप्त। नपुगे फेरि पनि पठाउँछौं।’  

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.