जुवाको अनुसन्धान फाइल सरकारी वकिलमा

जुवाको अनुसन्धान फाइल सरकारी वकिलमा

काठमाडौं : जुवा खेल्दा खेल्दै पक्राउ परेका प्रतिष्ठित व्यापारिक घरानाका आठ जनामाथि प्रहरीले अनुसन्धान गरेर फाइल जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ। बिहीबार प्रहरीले अनुसन्धानको फाइल सरकारी वकिल कार्यालयमा बुझाएको हो।

पक्राउ परेका आठविरुद्ध प्रहरीले मुलुकी अपराध संहिताको दफा एक सय २५ को उपदफा ‘एक’ को ‘क’ अनुसारको काबारहीको माग दाबी गरेको छ। सोमबार राति महानगरीय प्रहरी वृत्त दरबारमार्गले कमलादीस्थित रिजेन्सी बुटिक होटल बाई गंगोरबाट व्यापारीहरू नन्दकिशोर शर्मा, अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, रामचन्द्र संघाई, विमल अहुजा र विमलकुमार खेतानलाई पक्राउ गरेको थियो।

वृत्तका डीएसपी रञ्जनकुमार दाहालको नेतृत्वमा गएको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो। होटलको आवरणमा जुवा खेलाउने कोलकाताका निक्की जोगाई समेत प्रहरी नियन्त्रणमा छन्। पक्राउ परेका सबै उच्च घरानाका हुन्।

महानगरीय प्रहरी परिसर टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले व्यावसायिक रूपमा जुवा खेलाउने गरेको विशेष सूचनाका आधारमा छापा मार्दा आठ जुवाडेसहित होटल सञ्चालक पक्राउ गरिएको थियो। वृत्तको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। पक्राउमध्ये अशोककुमार अग्रवाल गिनीका अवैतनिक वाणिज्य दूत हुन्। उनी विशाल ग्रुपका सञ्चालकसमेत हुन्।

रामचन्द्र संघाई त्रिवेणी ग्रुपका सञ्चालक र एनआईसी एसिया बैंकका निर्देशकसमेत हुन्। छापा मार्न पुगेको प्रहरीले होटलमा जुवा खेलिरहेका व्यापारीबाट ५० रुपैयाँदेखि एक हजारसम्मका एक सय ७९ वटा चिप्स र दुई लाख ७७ हजार नगद बरामद गरेको थियो। बरामद चिप्स क्यासिनोमा जुवा खेलाउन प्रयोग गरिन्छ। यी चिप्सको यथार्थभन्दा बढी मूल्य हुने आशंका प्रहरीले गरेको छ। व्यापारी संघाईलाई सरकारले गत वर्ष विभूषितसमेत गरेको थियो। पक्राउमध्येकै पुरुषोत्तम घिराईया कपडा व्यापारी हुन् भने गोविन्दराम सरिया चिया उद्यमी हुन्।

अपराध संहितामा उल्लेख भएअनुसार पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने प्रावधान छ। उनले भने, ‘अनुसन्धानले आठैजनाको यसअघि कुनै फौजदारी अपराधमा संलग्नता देखिएन। पहिलोपटक जुवा खेलेको र खेलाएको पाइएपछि सोहीअनुसार माग दाबी गरिएको हो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.