अर्घाखाँचीमा थप एकजनामा कोरोना पुष्टि

अर्घाखाँचीमा थप एकजनामा कोरोना पुष्टि

सन्धिखर्क  : अर्घाखाँचीमा थप एकजनामा कोरोना पुष्टि भएको छ । शितगंगा नगरपालिकाको ठाडाको ज्योति माविको क्वारेन्टाइन बसेका वडा नम्बर ५ का ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए । यो सँगै संक्रमितको संख्या ३ पुगेको छ।

भारतबाट फर्केका उनको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको हो । स्वाब परीक्षणका लागि पठाएको १३ दिनपछि मात्र रिपोर्ट आएको हो ।उनलाई सदरमुकाम सन्धिखर्क १ हटारीको आइसोलेसनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । यसअघि पाणिनी गाउँपालिकाको ८ पालीको कमला माविमा रहेका दुईजनामा कोरोना देखिएको हो ।उनीहरुको सन्धिखर्क स्थित हटारीको आइसोलेसनमा उपचार भइरहेको छ । 

गत जेठ १० गते भूमिकास्थान नगरपालिका-९ का ३४ वर्षीय कृष्णबहादुर गैरेको नेपाल आउने क्रममा बाटोमा मृत्यु भएको थियो र उनको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना पोजिटिभ पुष्टि भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.