पहिलो पटक जाजरकोटका १९ वर्षीय युवकमा देखियो कोरोना संक्रमण

पहिलो पटक जाजरकोटका १९ वर्षीय युवकमा देखियो कोरोना संक्रमण

जाजरकोट : जाजरकोटका एकजना युवकमा कोरोना संक्रमण देखिएको छ।भारतबाट आएर सल्यानको कुमाख गाउँपालिकाको  क्वारेन्टाइनमा रहेका जाजरकोट भेरी नगरपालिका १० का १९ वर्षीय युवकमा कोरोना देखिएको हो।

बारेकोट र कुशे गाउँपालिकामा एक सय २७ जनाको कोरोना पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।बारेकोट र कुशेबाट कोरोनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर १० दिनअघि सुर्खेत पठाइको थियो ।

बारेकोट र कुशेका एक सय २७ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. सुनिल पुनले बताए । जिल्लाका अन्य ठाउँबाट स्वाब संकलन गरी पठाइएका दुई सय ७८ जनाको रिपोर्ट भने आउन बाँकी छ ।भारतबाट हालै आएर विभिन्न क्वारेन्टाइनमा रहेका दुई हजार ६४ जनाको स्वाब संकलन गरिएको छैन।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.