काभ्रेमा पहिलोपटक पाँचजनामा कोरोना संक्रमण

काभ्रेमा पहिलोपटक पाँचजनामा कोरोना संक्रमण

काभ्रे : काभ्रेमा पाँचजनामा पहिलो पटक कोरोना भाइरस सङ्क्रमण पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रण, जिल्ला कमाण्ड पोष्टले जिल्लामा दुईजना महिला र तीनजना पुरुषमा पहिलोपटक कोरोना सङ्क्रमण देखिएको शुक्रबार जनाएको छ ।

जिल्लाको रोशी गाउँपालिकाका तीन, पाँचखाल नगरपालिकाका एक र पनौती नगरपालिकामा एक गरी पाँचजनामा पीसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला कमाण्ड पोष्टका सदस्य एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले जानकारी दिए । 

सङ्क्रमितमध्ये पाँचखाल नगरपालिकाका एकजना १२ दिन अघिमात्र भारतबाट आएका थिए।उनी पाँचखालमै क्वारेन्टाइनमा बसिरहेको रहेको कमाण्ड पोष्टले जनाएको छ । पनौतीका सङ्क्रमित महिला धुलिखेल अस्पतालमा पित्तथैलीको शल्यक्रिया गर्न आएको र शल्यक्रियाअघि ती महिलाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको पोष्टले जनाएको छ ।

रोशी गाउँपालिकाका तीन सङ्क्रमित मंगलटारमा रहेको भने क्वारेन्टाइनमै रहेको जनाइएको छ । उनीहरु केही दिनअघि मात्र भारतबाट फर्केका थिए । जिल्लामा सङ्क्रमितको स्वास्थ्य सुरक्षामा विशेष निगरानी भइरहेको प्रमुख डा. झाले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.