बाजुरामा क्वारेन्टाइनमै वृद्धको मृत्यु

बाजुरामा क्वारेन्टाइनमै वृद्धको मृत्यु

बाजुरा  ः बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ मा रहेको क्वारेन्टाइनमा एक जनाको मृत्यु भएको छ । वडा नम्बर ७ को मष्टा आधारभूत विद्यालयको  क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु भएको हो । जेठ १५ गतेदेखि क्वारेन्टाइनमा बसेका उनको शुक्रबार राति एकाएक बिरामी भएर मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका–७ का वडा अध्यक्ष खगेन्द्र रावतले जानकारी दिए।

मृतक वृद्ध २५ वर्षदेखि भारतमा बस्दै आएका थिए । लकडाउनले भारतमा काम बन्द भएपछि उनी जेठ १५ गते गाउँमा आएको  वडा अध्यक्ष रावतले बताए। मृतकको कोरोना परीक्षण्का लागि स्वाब संकलन गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए  गैरेका अनुसार मृतकको स्वाब संकलन गरी धनगढी प्रयोगशालामा पठाउने र उनको शव नेपाली सेनाले व्यवस्थापन गर्नेछ।

वृद्धको मृत्यु भएको ठाउँको अवस्था बारेमा बुझ्न प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलमा जाने प्रजिह गैरेले जानकारी दिए। शव व्यवस्थापन कहाँ गर्ने भन्ने बारेमा घटनास्थलमा गएपछि मात्र टुंगा लाग्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.