बझाङमा थप ६ जनामा कोरोना संक्रमण

बझाङमा थप ६ जनामा कोरोना संक्रमण

बझाङ : बझाङको खप्तडछान्ना गाउँपालिका–३ को एकै गाउँका  ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू सबैजना मेल्तडी र दारुगाउँ घर भएका हुन् । 

वडा कार्यालय नजिकै  मेल्तडी माबिको क्वारेन्टाइनमा बसेका ६७ जनामध्ये ६ जनामा पिसीआर रिपोर्ट पोजिटेटिभ देखिएको हो । उनीहरूलाई आरडिटी चेक नगरेरै प्रतिकोठाबाट समुह समुहमा नमुनाको रूपमा एक एकजनाको पिसीआर परीक्षण गरेपछि ६ जनामा पिसीआर पोजिटिभ देखिएको हो । 

जिल्लामा यस अगाडि एकजनामा संक्रमितदेखि सकिएको हुँदा अहिले संक्रमितको संख्या ७ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालयले प्रेश विज्ञप्तिमा जनाएको छ । मेल्तडी मावीमा क्यारेन्टाइमा रहेका अन्यहरुको चेकजाँचका लागि शनिबार त्यहाँ डक्टरको टोली गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भानु जोशीले जानकारी दिए। 

उनले भने, 'हामीले किट अभाव भएकाले रेन्डम्ली एक कोठाबाट एकजना चेक गरेको हो तर त्यहाँ पिसीआर रिपोर्ट पोजिटिभ आएको हुँदा अब अन्य व्यक्तिको पनि पिसीआर विधिबाट परीक्षण गर्नु आवश्य छ ।  जेठ १५ गते कोही भारतको दिल्लीबाट र कोही काठमाडौंबाटआएक उनीहरु घर जान हतार गरिरहेका भए पनि अब सबैलाई पिसीआर विधिबाट चेक गरिने भएर क्यारेन्टाइमानै बस्न भनिएको छ  ।'

शुक्रबार कोरोना पुष्टि भएकाहरु ७०, ५७, ३८, २५ वर्षीय पुरुष र २ जना ४० वर्षका महिला रहेका छन् । उनीहरुमध्ये ५ जना जेठ १५ गते भारतको दिल्लीबाट आएको र एक जना २५ वर्षीय पुरुष  काठमाडौंबाट आएका जिल्ला अस्पतालका कोरोना फोकल पर्सन डा. मिलन खड्काले जानकारी दिए  । बुधबार मेल्तडी माबिको क्वारेनटाइनमा रहेका १४ जना र सोही वडाको  भाग्योदय  निमाबिको क्वारेन्टाइनमा रहेका ४ जना गरी २० जनाको स्वाब संकलन गरी सुदूरपश्चिम प्रादेशिक प्रयोगशालामा पिसीआर परीक्षण गरिएको थियो । 

भाग्योदयबाट लिएको ४ जनाको  स्वाब परीक्षण भने नेगेटिभ आएको छ ।  वडाभित्र रहेका क्यारेन्टाम्ममा बस्नेको पिसीआर रिपोट पोजिटिभ आएपछि वडामा उच्च सजकता अपनाएको र वडामा अहिले आउनजान बन्द गरिएको वडा अध्यक्ष मंगल सुनारले बताए ।  खप्तडछान्ना गाउँपालिका भरि  ३ सय ५० जना क्वारेन्टाइनमा बसेका छन्  । क्यारेन्टाममा बसेका सबैको आरडिटी र पिसीआर विधिबाट स्वास्थय परीक्षण गराउनका लागि पहल भइरहेको गाँउपालिका अध्यक्ष वर्क रोकायाले बताए । 

जिल्लामा  हालसम्म १७ सय ४२ जनाको आरडिटी र २ सय ६१ जनाको पिसीआर परीक्षण गरिएको छ ।  एक सय ६९ क्वारेन्टाइनमा ३ हजार दुई जना रहेका छन् ।  सात जनाको आइसोलेसन राखेर उपचार भइरहेको जिल्ला अस्पतालले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.