तीन लाख घुससहित वडाध्यक्ष पक्राउ
बुटवल : पाल्पा रैनादेवी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष तीन लाख घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले वडाध्यक्ष देवेन्द्र पुनलाई रंगेहात पक्राउ गरेको हो।
काठ लिलाम विक्रीमा सहजीकरण गरिदिने भन्दै व्यापारीसँग तीन लाख घुस लिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए।
रुपन्देहीका सैनामैना नगरपालिका वडा नम्बर १० सालझण्डीबाट उनलाई शनिबार पक्राउ गरिएको हो। पक्राउ परेका वडाध्यक्षमाथि अनुसन्धान भइरहेको प्रवक्ता भुसालले जानकारी दिए।
वनमा संकलन भएको काठ विक्रीमा उनले सहजीकरण गर्ने प्रयोजनमा घुस मागेको उजुरी अख्तियारमा परेको थियो।