राज्यमन्त्रीका स्वकीय सचिव र चालकमा कोरोना संक्रमण

राज्यमन्त्रीका स्वकीय सचिव र चालकमा कोरोना संक्रमण

जनकपुरधाम : प्रदेश २ का एक राज्यमन्त्रीका स्वकीय सचिव र चालकमा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश २ को आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा कुमारी यादवकी स्वकीय सचिव र चालकमा कोरोना संक्रमण पुष्टि भएको हो। 

प्रदेश २ को प्रदेशसभा बैठक अन्तर्गत चौथो अधिवेशन अन्तर्गत बैठक सञ्चालन हुनु अगाडी गत आइतवार, सोमवार र मंगलवार गरिएको परीक्षणमा स्वकीय सचिव र चालकमा कोरोना पुष्टि भएको हो। 

प्रदेशसभाका सांसद, कर्मचारी, सुरक्षाकर्मी, तथा सहयोगीको स्वाब परीक्षणको क्रममा राज्यमन्त्री यादवका चालक र स्वकीय सचिवमा कोरोना संक्रमण भेटिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए। 

यस भन्दा अघि बिहीवार प्रदेशसभाका पाँचजना मर्यादापालकमा कोरोना संक्रमण पुष्टि भएको थियो। प्रदेशसभा अन्तर्गत ४ सय ४३ व्यक्तिको स्वाब परीक्षण गरिएको थियो। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.