डीआरको ‘घर यस्तो होस्’

डीआरको ‘घर यस्तो होस्’

काठमाडौं : डा.डीआर उपाध्यायको गीत ‘घर यस्तो होस्’ सार्वजनिक भएको छ। डीआरको शब्द र स्वर सागर अधिकारी ‘शरद’ को संगीत रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो।

गीतको भिडियो डीआर म्युजिक एन्ड क्रिएसनमार्फत सार्वजनिक गरिएको छ। गीतकारका रूपमा विभिन्न थुप्रै विश्व रेकर्ड कायम गरेका डा.उपाध्याय गायनमा पनि यो गीतमार्फत देखिएका छन्। सबैको घर स्वर्गजस्तो होस् जसका लागि आवश्यक कुरा के के हुन् भन्ने विषय उपाध्यायले गीतमार्फत प्रस्तुत गरेका छन्।

‘एउटा आदर्श घरको कल्पना गरेर घरका सदस्य सबैले आफ्नो जिम्मेवारी वहन गरून्, हरेकको घरमा सुख शान्ति होस् भन्ने हेतुले मैले यो गीत श्र्रोता÷दर्शकमाझ ल्याएको हुँ’, कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले भने। उपाध्यायको केही समय पहिला सार्वजनिक एल्बम ‘स्वर्गघर’ मा समावेस रहेको गीत हो यो।

घर यस्तो होस् जहाँ

सुख शान्तिले बास गरोस्।एक अर्काको आधार

बनोस् परिवार

हर ओठमा मुस्कान

सधैं कायम रहोसजहाँ माता पिताकोआदर होस् सन्ततिको भावनाको

कदर होस् कर्तव्यदेखि टाढा नभागोस् कोही

हर सुख दुःखमा

सधैं साथ रहोस् घर बनोस् मन्दिर जहाँ

ईश्वरको बास रहोस् सधैं विश्वासको आधार

बनोस् परिवार

हर ओठमा मुस्कान

सधैं कायम रहोस् रिस राग कसैको

मनमा नहोस् सद्भाव सबैमा रहिरहोस् हर कठिन घडीमा

एकजुट बनोस् माया ममता सधैं

बनिरहोस् घर बनोस्

मन्दिर जहाँ

ईश्वरको बास रहोस् एक अर्काको खुसी

बनोस् परिबार

हर ओठमा मुस्कान सधैं

कायम रहोस

१० उपन्यास र सयौं गीतमार्फत पाठक, श्र्रोता तथा दर्शकको मनमस्तिष्कमा बस्न सफल डा.डीआर उपाध्यायको केही समयअघि १२ भाषामा रहेको गीतको एल्बम ‘मायाको सागर’ सार्वजनिक भएको थियो। डा.उपाध्यायका अहिलेसम्म १८ एल्बम र सयौं गीत श्रोता÷दर्शकमाझ आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.