भैरहवा नाकाबाट आयात सुचारु

भैरहवा नाकाबाट आयात सुचारु

भैरहवा : रुपन्देही भैरहवा (बेलहिया) नाकाबाट दुई दिनदेखि ठप्प भएको आयात सुचारु भएको छ । भारतीय भन्सार क्लियरिङ एजेण्टले आफूहरूलाई विगत जस्तो भैरहवा भन्सार कार्यालयमा गएर काम गर्नमा रोक लगाएको भन्दै उनीहरूले सीमापारी मालवाहक गाडीको जाँचपास रोक्दा आयात पूर्ण रुपमा प्रभावित थियो ।

भारतबाट बढ्दो कोरोना संक्रमणको अवस्थामा पनि भारतीय भन्सार एजेण्ट निर्वाध रुपमा भैरहवा भन्सारमा आउँदा यहाँ पनि संक्रमण फैलिन सक्ने भन्दै स्थानीयले विरोध गरेका थिए । जसकारण भारतीय भन्सारका एजेण्टलाई सीमावारि आउन रोक लगाइएपछि उनीहरुले भैरहवा भन्सार आएर काम गर्न पाउनु पर्ने भन्दै गाडीको जाँचपास रोक्दै आन्दोलनमा उत्रिएका थिए ।

आयात ठप्प भएपछि सीमापारी नेपाल आउन लागेको मालवाहक गाडीहरुको लाम लागेको थियो ।

शनिबार साँझ सरोकारवालाबीच भएको छलफलमा आधिकारिक भारतीय भन्सारका एजेण्टलाई अत्यवाश्यक कामका लागि भैरहवा भन्सारमा आउन दिने लगायत विषयमा निश्कर्ष निकालिएपछि आयात सुचारु भएको छ ।

भारतको सोनौली नाकाबाट ठप्प रहेको आयात आइतबारबाट पुनः सुचारु भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत पूर्णप्रसाद लम्सालले जानकारी दिए ।‘दुई दिनसम्म सीमापारी रोकिएको मालवाहक गाडी आज बिहानदेखि भन्सारमा आउन सुरु भएको छ’, उनले अन्नपूर्ण अनलाइनसँग भने, ‘अहिले कुनै समस्या छैन ।’

भैरहवा नाकाबाट विगतमा दैनिक चार सयको हाराहारीमा मालवाहक गाडी भित्रिने गरेका थिए भने लकडाउन भएदेखि औसतमा दैनिक डेढ सयको मालवाहक गाडीहरु भित्रिने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.