हातमुख जोड्न सडकपेटीमा व्यापार (तस्बिर)
पोखरा : कोभिड–१९ सक्रमण नियन्त्रण गर्न सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउनको कारण नेपालीको दैनिकी फेरिएको छ । अतिआवश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले लगाएको लकडाउन बढ्दै गएपछि नागरिकलाई दैनिक हातमुख जोड्न मुस्किल भएको छ । उनीहरु अब काममा फर्कन थालेका छन् ।
सडकमै व्यापार गरेर गुजारा चलाउनेहरु बिस्तारै व्यापारमा फर्किएका छन् । लकडाउनको समयमा सुरु सुरुमा तरकारी व्यापार मात्र हुँदै आएकोमा पछिल्लो समयमा कपडा, मकै पोलेर बिक्री गर्ने पनि निस्केका छन् । लामो समयको लकडाउनको कारण हातमुख जोड्न समस्या बनेपछि सडकमै निस्केको पोखराको न्यूरोड, मावअधिकार चोक, चिप्लेढुङ्गा क्षेत्रको सडक पेटीमा व्यापार गर्नेहरुले बताएका छन् ।
पोखराको फेवाताल किनारमा व्यापार गर्ने साना पसलेहरु पनि अहिले पानी पुरी बनाउने, मकै पोल्ने गर्न थालेका छन् । पोखराको भाटभटेनीमा सामान किन्न माक्स लगाएर सुरक्षित रुपमा लाइनमा बसेको र सामान किन्न भित्र छिर्नुअघि भाटभटेनीका सुरक्षाकर्मीले ज्वरो नाप्ने र त्यसअघि साबुन पनीले हात धुने व्यावस्था पनि गरेको पाइएको छ ।
पोखरामा पछिल्लो समयमा आएर मात्र कोरोना सक्रमण देखिन थालेको छ । पोखरामा अहिलेसम्म ४ जनामा कोरोना सक्रमण देखिएको छ । यसैका बिच पनि लामो समयको लाकडाउनको कारण बाहिर निस्कने क्रम बढ्दो छ । बिस्तारै मनिस हातखुट्टा तनकाउन र किनमेल गर्न बजार र निस्कन थालेपछि सडक व्यापार बढेको छ।