फेरि बिहे गर्दै पामेला
लस एन्जेलस : अभिनेत्री पामेला एन्डरसन फेरि विवाह गर्न तयार भएकी छन्। फिमेल फस्ट डटको डट यूकेको रिपोर्टअनुसार, न्युयोर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा पामेलाले आफ्नो असफल भएका सम्बन्धबारे कुरा गरेकी छन्। उनले आगामी दिनमा फेरि विवाह गर्न आफू उत्सुक रहेको पनि बताएकी छन्।
‘के पामेला फेरि विवाह गर्न चाहन्छिन् ? ’, उनले भनिन्न्, ‘बिल्कुल ! सिर्फ अर्को एक पटक। हे ईश्वर, बस एक पटक अर्को।’ आफ्नो पछिल्लो सम्बन्धका बारेमा उनले भनिन्, ‘ईश्वरलाई धन्यवाद दिन चाहन्छु जे हुनु थियो त्यो भयो। आज म यहाँ छु र खुसी छु। मैले तीन पटक विवाह गरेँ। मान्छे सोच्छन् कि मैले पाँच पटक गरेँ। मलाई थाहा छैन उनीहरू किन यस्तो सोच्छन् ?
मैले तीन पटक मात्रै विवाह गरेको हो। मैले टमी लीसँग विवाह गरेँ, बब रिची (किड रक) सँग र रिक सलोमनसँग गरेको हुँ। बस् तीन विवाह। हो, यो पनि धेरै नै हो तर पाँचभन्दा त कम हो।’ एजेन्सी