स्वास्थ्य प्रमुख भण्डारी मृत भेटिए
स्याङजा : गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लीलाबल्लब भण्डारी मृत भेटिएका छन् । ४६ वर्षे भण्डारी गल्याङ नगरपालिका–२ बटुवाका हुन् । स्वास्थ्य प्रमुख भण्डारी आइतबार साँझ घरनजिकैको बारीमा रहेको राङ्सिङको रुखमा झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
भण्डारी घरभन्दा करिब ५ सय मिटर परको बारीमा रहेको घाँसको रुखमा झुण्डिएर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ग्रहौं प्राथमिक अस्पताल वालिङमा भण्डारीको शव पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको छ । रिपोर्ट भने आइनसकेको छैंन । घटनाबारे अनुसन्धान शुरु भइसकेको प्रहरी निरीक्षक निरन्जन घिमिरेले जानकारी दिए ।
गत वर्षदेखि गल्याङ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रही सेवा गर्दै आएका भण्डारी हालको कोरोना महामारीमा पनि लागि निरन्तर सेवामै डटीरहेका थिए।