अर्घाखाँचीमा एकै दिन थपिए ३१ कोरोना संक्रमित

अर्घाखाँचीमा एकै दिन थपिए ३१ कोरोना संक्रमित

सन्धिखर्क : अर्घाखाँचीमा सोमबार एकैदिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेनटाइनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना रोगको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए । 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु कुन ठाउको क्वारेन्टाइनमा बसेका भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ।

यसअघि जिल्लाका शितगंगा नगरपालिकाको ठाडाको ज्योति माविको क्वारेन्टाइन बसेका ३६ वर्षीय पुरुष र पाणिनी गाउँपालिकाको ८ पालीका कमला माविमा रहेका दुईजनामा कोरोना संक्रमण देखिएको  हो। उनीहरुको सन्धिखर्कस्थित हटारीको आइसोलेसनमा उपचार भइरहेको छ । 

गत जेठ १० गते भूमिकास्थान नगरपालिका-९ का ३४ वर्षीय कृष्णबहादुर गैरेको नेपाल आउने क्रममा बाटोमा मृत्यु भएको थियो र उनको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना पोजिटिभ पुष्टि थियो । अर्घाखाँचीमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.