पीसीआर रिपोर्ट नेगेटिभ आएका पुरुषको घर पुगेपछि मृत्यु

पीसीआर रिपोर्ट नेगेटिभ आएका पुरुषको घर पुगेपछि मृत्यु

जनकपुरधाम : महोत्तरीको गौशाला नगरपालिकास्थित क्वारेटाइनबाट घर फर्केका एकजनाको पुरुषको मृत्यु भएको छ । गौशाला नगरपालिका १० भरतपुरका ४० वर्षीय डोमी मण्डलको आइतबार राती मृत्यु भएको हो ।  

गौशाला नगरपालिका १० भरतपुरका मण्डलको मृत्यु भएको नगर प्रमुख शिवनाथ महतोले जानकारी दिए । मेयर महतोका अनुसार पीसीआर रिपोर्ट नेगेटिभ आएका मण्डललाई शनिबार गौशालास्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयको क्वारेन्टानबाट घर पठाइएको थियो ।

मण्डलको रिपोर्ट शनिबार नेगेटिभ आएपछि घर फर्काइएको थियो। आइतबार खाना नखाएको र रक्सी समेत पिएको अवस्थामा भेटिएको नगरप्रमुख महतोले बताए। गत जेष्ठ ६ गते भारतको हरियाणाबाट आएर क्वारेन्टाइनमा बसेका थिए । कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनी आफ्नो घर फर्केका थिए ।

कोरोना रिपोर्ट नेगेटिभ आएकाले कोरोनाको संक्रमणले नभई कालगतिले मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.