जागिरबाट हटाइएपछि अस्पतालका कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर लगाए आगो

जागिरबाट हटाइएपछि अस्पतालका कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर लगाए आगो

अछाम : बयलपाटा अस्पतालका एकजना कर्मचारीले शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् । साँफेबगर नगरपालिका-६ भागेश्वरका  सिद्धार्थ आउजीले सोमबार अस्पतालमै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् ।

उनी अस्पतालका सरसफाइ कर्मचारी हुन्। थप उपचारका लागि उनलाई हेलिकोप्टरमार्फत कोहलपुर लगिएको छ। उनको शरीर नराम्रोसँग जलेको अस्पातलका एकजना कर्मचारीले  जानकारी दिए ।  बयलपाटा अस्पतालले दाताहरुबाट रकम कटौती हुँदै आएपछि कर्मचारी पाल्न नसक्ने भन्दै  ३२ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाइदिएको छ। त्यसको चौतर्फी विरोध भइरहेको छ । 

कर्मचारी हटाइएको सूचीमा सिद्धार्थ समेत रहेका छन्। उनलाई दुई महिना अगाडि नै हटाइएको पत्र दिइएको थियो । उनको पुरानो नियुक्ति सकिन अझै दुई महिना बाँकी रहेको बताइएको छ।

यता बयालपाटा अस्पतालले भने आर्थिक अभाव भएको भन्दै कार्यसम्पादनको आधारमा कर्मचारी हटाएको जानकारी दिएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.