कोरोनाबाट मृत्यु भएका युवकको सम्पर्कमा रहेका अधिकांशमा कोरोना संक्रमण, नगर उपप्रमुख पनि संक्रमित

कोरोनाबाट मृत्यु भएका युवकको सम्पर्कमा रहेका अधिकांशमा कोरोना संक्रमण, नगर उपप्रमुख पनि संक्रमित

सन्धिखर्क : अर्घाखाँचीमा सोमबार एकै दिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २ जना महिला र २९ जना पुरुष रहेका छन् । एकजना बाहेका अरु सबै भारतबाट फर्किएका व्यक्ति हुन् । 

भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेनटाइनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए । 

कोरोना देखिएका ३१ जनामध्ये अधिकांश गत जेठ १० गते भूमिकास्थान नगरपालिका-९ का ३४ वर्षीय कृष्णबहादुर गैरे सँग सम्पर्कमा आएका व्यक्ति हुन् । गैरेको नेपाल आउने क्रममा बाटोमा मृत्यु भएको थियो । गत जेठ १८ गते उनको सम्पर्कमा आएका र उनीसँगै आएकाको स्वाब परीक्षणका लागि पठाइएको थियो । 

यो सँगै अर्घाखाँचीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ र संक्रमितको संख्या ३५ पुगेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा सोमबार पुष्टि भएका ३१ संक्रमितमध्ये २९ जना सन्धिखर्क नगरपालिकाका, एक जना शितगंगा नगरपालिकाका र एक जना पाणिनि गाउँपालिकाका रहेका छन् । 

सन्धिखर्क १ का १ जना , सन्धिखर्क ६ का १३ जना र सन्धिखर्क ७ का १५ जना हरेका छन् । सन्धिखर्क ६ का भृकुटी आधारभुत विद्यालय र विद्या विनय आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । ७ नम्वर वडाका चन्द्र प्रभा मावि र आदर्श माविको क्वारेन्टाइनमा बसेका थिए । 

पाणिनि गाउँपालिका ७ को शिव मदन माविको क्वारेन्टाइनमा बसेका एक जना र शितगंगा नगरपालिका १० का एक जना स्थानीय विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । 

नगर उपप्रमुखलाई कोरोना

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विकलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।  प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा नगरउप्रमुख विकमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जन स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए ।

संक्रमण भएको खबरपछि उनलाई फोन सम्पर्क गरी सोध्दा उनले भने, 'म भारतबाट आएकाको सहयोग र क्वारेन्टाइन व्यवस्थापनमा दिनरात लागे। आज कोरोना पुष्टि भएको खबर आयो ।यो सामान्य रुघाखोकी हो । म यसबाट अतालिएको छैन । म अब घरमै होम क्वारेन्टाइनमा बस्छु । आवश्यक कार्य फोन सम्पर्कबाट नै गर्छु । छिटो निको हुन्छ भन्नेमा मलाई पूर्ण विश्वास छ ।'

उनी नेकपा अर्घाखाँचीका जिल्ला सचिव समेत हुन् । भारतबाट आएकाको प्रत्यक्ष सम्पर्कमा रहेकाले उनलाई कोरोना लागेको हुनसक्ने अनुमान गरिएको छ ।  अर्घाखाँचीमा जनप्रतिनिधिलाई कोरोना पुष्टि भएको यो पहिलो पटक हो । नगरपालिकाका मेयरको पनि स्वाब पठाइएकोमा उनको कोरोना रिर्पोट भने नेगेटिभ आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.