मिनिट्रक दुर्घटनामा चालकको मृत्यु

मिनिट्रक दुर्घटनामा चालकको मृत्यु

भक्तपुर : भक्तपुरको चागुँनारायण नगरपालिका ३ झौखेलस्थित कालीखोलामा मिनिट्रक खस्दा चालकको ज्यान गएको छ । भक्तपुरको ब्यासीबाट झौखेलतर्फ जाँदै गरेको बा ५ ख ३११ नम्बरको महेन्द्र निसान मिनिट्रक सडकबाट खोलामा खस्दा आइतबार राती चालक झौखेलकै ३५ वर्षीय नवराज लाछिवाको ज्यान गएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले उक्त मिनिट्रक झौखेलस्थित महाशक्ति इँटा भट्टाको रहेको जानकारी दिए । भक्तपुर ब्यासीबाट इँटाभट्टा जाने क्रममै मिनिट्रक काली खोलामा खसेको थियो । उक्त दुर्घटनाको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग ब्यासीबाट मोबाइल गस्तीमा रहेको प्रहरी अधिकृतको टोलीले चालकलाई उद्दार गरी भक्तपुर सल्लाघारीस्थित इवामुरा मेमोरियल अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

उनका अनुसार सडकबाट कालीखोलामा खसेको गाडीभित्र चालक च्यापिएको हुँदा क्रेनको सहयोगमा उनलाई उद्दार गरिएको थियो । 'गम्भीर घाइते भएका चालकलाई इवामुरा मेमोरियल अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए, प्रनाउ गिरीले भने,'क्षति भएको मिनिट्रकलाइ क्रेनको सहयोगले निकालिएको थियो ।'

लापरबाही तरिकाले तीव्र गतिमा सवारी चलाउँदा आफै अनियन्त्रित भई उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको उनले बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.