रोशनले ल्याए कोभिड - १९ बारे चेतनामूलक गीत (भिडियोसहित)

रोशनले ल्याए कोभिड - १९ बारे चेतनामूलक गीत (भिडियोसहित)

भक्तपुर : भक्तपुरका युवा गायक रोशन धौभडेलले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बारे जनचेतनामूलक गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । भक्तपुरस्थित सिद्धि स्मृति प्रतिष्ठान तथा सिद्धि स्मृति महिला तथा बाल अस्पतालसँगको सहकार्यमा गायक धौभडेलले उक्त गीत तथा तथा म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

'सचेत रहौं, सजग बनौं, बोलको उक्त गीत भक्तपुरकै अनिल राजभण्डारीले लेखेका हुन् । गायक धौभडेल आफैले संगीत भरेको उक्त गीतको एरेन्जले हेम लामाले गरेका छन् । भक्तपुरकै कोरप्रिउ अडियो भिडियो मिल फ्याक्टोरीले प्रडक्सन तथा प्रि-प्रडक्सनको काम गरेको उक्त भिडियो खिच्ने तथा निर्देशन गर्ने काम रिक्की कर्माचार्यले गरेका छन् ।

गीतमा कोरोना भाइरस संक्रमण फैलिन नदिन सबैलाई सचेत र सजग हुन आह्वान गरिएको छ । अहिलेको महामारीको बेला एकापसमा सद्भाव बढाएर संक्रमणकै कारण नआँटिकन आत्मविश्वास बढाएर कोरोना भाइरसलाई जित्नुपर्ने सन्देश गीतमार्फत दिन खोजिएको छ ।

म्युजिक भिडियोमा कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापनको अग्रभागमा रहेरका काम गर्दै आएका चिकित्सक एवं स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई दृश्यावलोकन गरिएको छ । जसमा सिद्धि स्मृति महिला तथा बाल अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई फिचरिङ गरिएको छ ।

त्यस्तै भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेनाको भक्तपुरको सूर्यविनायकस्थित वीरदल गणका गणपति प्रमुख सेनानी शिवप्रसाद पौडेल, सशस्त्र प्रहरी बलको गुहेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विश्व भट्टराईलगायतलाई म्युजिक भिडियोमा समेटिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.