कञ्चनपुरमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित १९ जनालाई कोरोना
महेन्द्रनगर : कञ्चनपुरमा एकै दिन १९ जना कोरोना संक्रमित थपिएका छन्। जसमा एक जना स्वास्थ्यकर्मी र एक जना सुरक्षाकर्मीमा समेत कोरोना पुष्टि भएको छ।
उनले संक्रमितहरुलाई नगरपालिकाले बनाएको आइसोलेसनमा राख्ने तयारी भइरहेको जानकारी दिए। संक्रमित १९ वर्षदेखि ४३ वर्ष बीचका रहेका छन्। भीमदत्त नगरपालिका २, ६, १७ र १८ नम्बर वडाका ३ जना पुरुष र २ जना महिलामा गरी ५ जनामा संक्रमण देखिएको हो। त्यसैगरी शुक्लाफाँटा नगरपालिका-७ का एक जनामा कोरोना पुष्टि भएको हो।
भारतबाट आएर क्वारेन्टाइनमा रहेका उनीहरुमा संक्रमण देखिएको कञ्चनपुरका कोभिड १९ का सम्पर्क व्यक्ति सिद्धराज भट्टले बताए। उनीहरु कुन नाकाबाट कञ्चनपुर प्रवेश गरे भन्ने खुलिसकेको छैन्। संक्रमित सबैको विवरण लिने काम भइरहेको छ।