एम्बुलेन्स दुर्घटनामा पाँच जना कोरोना संक्रमित घाइते
सन्धिखर्क : कोरोना संक्रमितलाई आइसोलेसनमा लिएर आउदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा पाँच जना कोरोना संक्रमित घाइते भएका छन् । सोमबार राति सन्धिखर्क नगरपालिका–७ चन्द्रप्रभा माविको क्वारेन्टाइनबाट कोरोना सक्रमित लिएर वडा नमवर १ हटारीनेटाको आइसोलेसनमा आउँदै गर्दा खाचिकोट डिहिडाडा फर्जेङ खोला बजार नजिक लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटना दुर्घटना भएको हो ।
घाइते पाँचै जनाको सन्धिखर्क हटारीनेटाको आइसोलेसन कक्षमा राखी उपचार भइरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक माधव बुढाथोकीले जानाकारी दिए ।