गण्डकीमा २४ कोरोना संक्रमित थपिए

गण्डकीमा २४ कोरोना संक्रमित थपिए

बेनी : म्याग्दी जिल्लामा मंगलबार थप एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।   पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको प्रयोगशालामा पीसीआर बिधिबाट गरिएको स्वाब नमुनाको परीक्षणका क्रममा म्याग्दी सहित गण्डकी प्रदेशमा थप २४ जना कोरोना (भाइरस) संक्रमिण पुष्टि भएको हो। 

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर बिनोद बिन्दु शर्माद्धारा जारी विज्ञप्तिमा संक्रमित सबै पुरुष रहेको उल्लेख छ ।  म्याग्दीका १, नवलपरासी पुर्वको बौदीकाली गाउँपालिकाका १२, बागलुङको निसीखोला गाउपालिकाका तीन र बरेङ गाउपालिकाका ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। 

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ जना पुगेको छ । संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा उपचारका लागि लैजाने तयारी भएको छ। म्याग्दीका नयाँ संक्रमित बेनी नगरपालिका–३ भकिम्लीका हुन् । उनी २०७७ जेठ १६ गते भारतबाट आएर म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए। 

संक्रमितको अवस्था सामान्य छ । उनलाई उपचारका लागि शैक्षिक तालिम केन्द्रमा स्थापित आइसोलेसनमा लगिएको छ ।  यसअघि संक्रमण पुष्टि भएका मालिका गाउपालिका–४ का ३० वर्ष र मंगला गाउपालिका–४ का १९ वर्षका पुरुषको पनि सोही आइसोलेशनमा उपचार भइरहेको छ। 

यसअघिका दुई जना संक्रमित पनि भारतबाट आएका हुन् । म्याग्दीबाट हालसम्म १९४ वटा स्वाब नमुना संकलन गरी पीसीआर बिधिबाट कोरोना परीक्षण गर्न पोखरा पठाइएको छ । ४ वटाको पोजेटिभ र १७५ वटाको रिपोर्ट नेगेटिभ आएको छ। 

१५ को रिपोर्ट आउँन बाँकी छ । पहिलो संक्रमितको दोस्रो नमुना समेत पोजेटिभ आएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.