गाईफर्ममा पाँच जनाको हत्या, आरोपमा एक पक्राउ

गाईफर्ममा पाँच जनाको हत्या, आरोपमा एक पक्राउ

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छिबजारस्थित गंगादेवी गाई फार्ममा काम गर्ने ५ जनाको हत्या भएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले कोदालो प्रहारबाट हत्या भएको खुलेको छ । प्रहरीले हत्या गरेको हुन सक्ने आशंकामा गाई फर्ममै काम गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ । 

उनी हत्याको केही समयपछि फर्मबाट भागेका थिए । प्रहरीले समात्दा उनी अचेत भएपछि अस्पताल लगिएको छ । गाई फर्मका सञ्चालक कृष्ण कुँवरले काम गर्नेहरुबीच कहिल्यै झै–झगडा भएको नसुनेको बताए । ‘मनमुटाव भएको सुनिएको थिएन, एक्कासी यस्तो घटना भयो, उनले भने ।

हत्या गरिएकामध्ये सैनामैना वालापुरका श्रीमान/श्रीमती माधव मुसहर र जानकी मुसहर तथा सोही स्थानका कोषराज मुसहर रहेका छन् । त्यस्तै अन्य दुई करण चौधरी र आशिष चौधरी तिलोत्तमा नगरपालिकाकै हुन् ।

रुपन्देहीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीका अनुसार गाई फर्मको गोठमै सुतिरहेका उनीहरुको हत्या भएको हो । मुसहर दम्पत्तीसहित तीन जना लामो समयदेखि फर्ममा काम गर्दै आएका थिए । दुई चौधरी भने कहिलेकाही फर्ममा काम गर्न आउने गरेका थिए । प्रहरीले हत्याबारे अनुसनधान भइरहेको जानकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.