पीसीआर मेसिन किन्न नगरपालिकाले छुट्यायो ३० लाख

पीसीआर मेसिन किन्न नगरपालिकाले छुट्यायो ३० लाख

बाजुरा  ः बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाले पीसीआर जाँच मेसिन खरिदका लागि ३० लाख बजेट विनियोजन गरेको छ। पीसीआर जाँच समस्या कै कारण सर्वसाधारणले सास्ती भोग्नु परेको र कोरोना संक्रमणले थप जोखिम निम्त्याउने भएपछि जिल्लामै जाँचका लागि मेसिन खरिद गर्न ३० लाख बजेट विनियोजन गरिएको छ  ।

सोमबार बसेको नगर कार्यपालिकाको बैठकले असार पहिलो साताभित्र मेसिन खरिद गरिसक्ने गरी बजेट विनियोजन गरेको नगर प्रवक्ता माया शाहले जानकारी दिइन्। नगर प्रमुख दिपक विक्रम शाहको अध्यक्षतामा बसेको बैठकले मेसिन खरिद र व्यवस्थापनको जिम्मा जिल्ला अस्पताल बाजुरालाई दिने निर्णय गरेको शाहले बताइन्।

बैठकले पीसीआर जाँच मेसिन जिल्ला अस्पतालले व्यवस्थापन गर्न नसकेमा अछाम स्थित बयालपाटा अस्पताललाई पनि जिम्मा दिन सकिने गरी निर्णय गरिएको नगर प्रमुख दीपक विक्रम शाहले बताए।

भारतबाट आएर १४ दिन क्वारेन्टाइनमा बसेकाहरुको परीक्षणमा गर्न कठिनाइ भएकाले मेसिन खरिद गर्ने गरी उक्त रकम विनियोजन गरेको नगर प्रमुख शाहले बताए।

भारतबाट आएकाहरुको लामो समयसम्म पीसीआर रिपोर्ट नआउने भएकाल  व्यवस्थापन गर्नका लागि मेसिन खरिद गर्न अन्य नगरपालिका र गाउँपालिकासंग समन्वय गर्ने निर्णय गरेको नगर प्रमुख शाहको भनाइ छ।  

पीसीआर जाँच मेसिन खरिदका लागि निर्णय गर्ने बुढीगंगा पहिलो नगरपालिका हो। नगरपालिकाले अन्य स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ। पीसीआर जाँचमा भएका ढिलाइका कारण कोरोना संक्रमित भेटिएको क्वारेन्टाइनमा बसेकाहरुको रिपोर्ट एकसातामा पनि आएको छैन।

कोरनाबाट मृत्यु हुने स्वास्थ्यकर्मीलाई १० लाख, छोराछोरीलाई १२ कक्षासम्म निशुल्क 

सोमबार बसेको बुढीगंगा नगरपालिकाको नगर कार्यपालिकाको बैठकले  नोबेल कोरना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएमा दश लाख क्षतीपूर्ति दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ। कोरोनाको संक्रमणबाट मृत्यु भएका परिवारका छोराछोरीलाई १२ कक्षासम्म निःशुल्क पढाइको व्यवस्थापन गर्ने निर्णय गरेको नगर प्रमुख दीपक विक्रम शाहले जानकारी दिए।

बैठकले आरडीटी परीक्षणबाट पोजेटिभ देखिएकाहरुलाई बडिमालिका क्याम्पस फालासैनमा राख्ने निर्णय पनि बैठकले गरेको छ। नगरपालिका भित्रका सबै क्वारेन्टाइनमा पोजेटिभ देखिएकाहरु राख्नका लागि क्याम्पसलाई उपचार सुविधा र सुरक्षित व्यवस्था सहितको क्वारेन्टाइनका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ। 

टाँटे स्वास्थ्य चौकीमा २० शैय्याको आइसोलेसन निर्माण गर्ने निर्णय पनि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.