धनुषाका थप २१ जनामा कोरोना संक्रमण
जनकपुरधाम : धनुषामा थप २१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। प्रदेश २ को समाजिक विकास मन्त्रालयका अनुसार धनुषाको सिमावर्ती मुखियापट्टी मुसहरनियाँ गाउँपालिका ११ र जनकनन्दनी गाउँपालिकाको क्वारेन्टाईन रहेका १० जनामा कोरोना संक्रमण भेटिएको सचिव रामप्रसाद घिमिरेले जानकारी दिए।
क्वारेन्टाइमा रहेका सबै भारतको विभिन्न स्थानबाट विभिन्न समयमा नेपाल भित्रिएका धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।
संक्रमित सबैलाई प्रदेश २ स्थित जनकपुरधामको कोभिड विशेष अस्पताल स्थित आइसोलेशन कक्षमा भर्नाको तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए। प्रदेश २ मा हालसम्म १ हजार ३ सय ७७ संक्रमित पुगेको छ। जुन देशकै सबैभन्दा बढी प्रदेश २ हो।