बावुले गरे छोराको हत्या
बुटवल : रुपन्देहीमा फेरि एक किशोरको हत्या भएको छ । गाईफर्मममा ५ जनाको सामूहिक हत्या भएको २४ घण्टा नपुग्दै अर्को विभत्स हत्या भएको हो । रुपन्देहीको कन्चन गाउँपालिका १ कुचेरामा १७ वर्षीय सुदिप कुमाललाई आफ्नै बावुले हत्या गरेको प्रहरीले जनाएको छ ।
मंगलबार राती घरमा सुतिरहेका छोरालाई आफ्नै बावु रिमबहादुर कुमालले बन्चरो प्रहार गरी हत्या गरेको रुपन्देहीका प्रहरी प्रमुख एसपी हेमकुमार थापाले जानकारी दिए । घटना राती करिब एक बजेको हो ।बन्चरो प्रहार गरी गम्भीर घाइते भएका उनको उपचारका लागि बुटवल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बावु रिनबहादुर कुमाललाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको एसपी थापाले बताए ।