गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एकजनाको मृत्यु

गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एकजनाको मृत्यु

सन्धिखर्क : अर्घाखाँची मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एकजना पुरुषको मृत्यु भएको छ।बुटवलबाट उपचार गरी फर्किदै गर्दा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलयका जन स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए। 

मालारानी गाउँपालिका वडा नम्बर ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका ५७ वर्षीय यमप्रसाद खनालको उपचार गरी फर्किर्दै गर्दा बाटोमै मृत्यु भएको हो। भारतबाट आएका उनी क्वारेन्टाइनमा बस्दै आएका थिए । घाँटीको सल्यक्रिया समेत गरेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्क आएका थिए । 

सन्धिखर्कमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारपछि घर फर्किँदै गरेका उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको स्थानीय गोकुल रिजालले बताए ।

उनको स्वाब परीक्षणका लागि पठाइएको तर रिपोर्ट भने आइनसकेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.