दुई हप्ता वितिसक्दा पनि कोरोना रिपोर्ट आएन

दुई हप्ता वितिसक्दा पनि कोरोना रिपोर्ट आएन

दार्चुला : दार्चुलाबाट संकलन गरी धनगढी पठाइएका थ्रोट स्याबको नमूना रिपोर्ट दुई साता वितिसक्दा पनि आएको छैन । जेठ १७ गते जिल्लाका ९ वटै स्थानीय तहका क्वारेन्टाइनमा रहेका व्यक्तिको थ्रोट स्वाब परीक्षणको लागि धनगढी पठाइएको थियो । 

कुल २२७ जनाको स्वाब पठाइएकोमा आइतबारसम्म ६ जना महिलासहित ७३ जनाको रिपोर्ट मात्रै आएको छ ।अझै १४८ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर विरेन्द्रप्रसाद भट्टले बताए ।

रिपोर्ट आउन ढिलाइ हुँदा लामो समयदेखि क्वारेन्टाइनमा बसेकाहरु समस्यामा छन् । थ्रोट स्याब संकलन गरिएका महाकाली नगरपालिकामा ४८ जना मध्ये आइतबारसम्म २ जना महिलासहित ४२ जनाको रिपोट नेगेटिभ आएको छ । 

यस्तै शैल्यशिखर नगरपालिकामा ४७ जनाको परीक्षण गरिएकोमा आइतबार ४ जना महिलासहित २६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अपि हिमाल गाउँपालिकामा ५ जनाको स्वाब संकलन गरीएकोमा पाँचैजनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए।उनले भने जेठ १७ गते महाकाली नगरपालिकामा ४८ जना, नौगाड गाउँपालिकामा ३२ जना, मालिकार्जुन गाउँपालिकामा १८ जना, लेकम गाउँपालिमामा ३५ जना, शैल्यशिखर नगरपालिकामा ४७ जना, व्यास गाउँपालिकामा १२ जना, दुहुँ गाउँपालिकामा २५ जना, अपि हिमाल गाउँपालिकामा ५ जना तथा मार्मा गाउँपालिकामा ५ जनाको नमूना संकलन गरिएको थियो ।

यस्तै जेठ ८ गते  जिल्लाका ६ वटा स्थानीय तहबाट १०३ जनाको स्याब संकलन गरिएकोमा आइतबारसम्म ९० जनाको रिपोर्ट आएको छ भने अझै १३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.