कर्णाली दुर्घटना अपडेट : ३१ को जीवितै उद्धार, २ को मृत्यु, ६ जना वेपत्ता

कर्णाली दुर्घटना अपडेट :  ३१ को जीवितै उद्धार, २ को मृत्यु, ६ जना वेपत्ता

सुर्खेत  : कालिकोटमा भएको टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । यस्तै ६ जना वेपत्ता भएका छन् । बुधबार बिहान भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिप्पर लालीघाटको भीरबाट कर्णाली नदीमा खसेको थियो ।

 कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार ३९ जना यात्रु बोकेर टिप्पर रास्कोटतर्फ जाँदै थियो । दुर्घटनामा नदीमा बगेका ३१ जनालाई जीवितै उद्धार गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । 

यस्तै दुई जनाको शव भेटिएको र बाँकी ६ वेपत्ता भएको  र खोजी भइरहेको बताइएको छ मन्त्रालयले जनाएको छ । । यस्तै घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए ।

उद्धार गरिएका मध्ये चार जना गम्भीर घाइते छन् । यसैबीच मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा भएको दुर्घटनाले दुखिदु तुल्याएको भन्दै मुख्यमन्त्री शाहीले घाइतेको उपचार र वेपत्ताको खोजीका लागि सबै संयन्त्र परिचालन गरिएको जानकारी दिएका+ छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.