दार्चुलाका पहिलो कोरोना संक्रमित डिस्चार्ज

दार्चुलाका पहिलो कोरोना संक्रमित डिस्चार्ज

दार्चुला : कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएका महाकाली नगरपालिका ६ का २१ वर्षीय युवक निको भएर घर फर्किएका छन् । भारतको उत्तर प्रदेश्बाट मजदुरी गरी फर्किएका ती युवकमा कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनमा भर्ना गरिएको थियो ।

महाकाली नगरपालिकाको महेन्द्र नमूना मावि खलंगाको क्वारेन्टाइनमा रहेको बेला ती युवकमा कोरोना देखिएको हो ।  जेठ १५ गते थ्रोट स्वाब परीक्षणको क्रममा कोरोना पोजिटिभ देखिएपछि जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरिएका युवाको जेठ १७ र जेठ २३ गते गरिएको दोस्रो र तेस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मंगलबार डिस्चार्ज गरिएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवालले बताए  । 

मंगलबार मात्रै महाकाली नगरपालिका ८ का  २४ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएपछि आइसोलेसनमा भर्ना गरिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.