रोल्पामा थप एकजनामा कोरोना पुष्टि
रोल्पा : रोल्पामा एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। पुर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिका–८ की २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।
भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको स्वाब परीक्षणमा महिलामा कोराना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अनिल केसीले जानकारी दिए। भारतबाट फर्किएकी उनी क्वारेन्टाइनमै छन्।
सुनिल स्मृति गाउँपालिकाको वडा नम्बर ८ का विभिन्न क्वारेन्टाइनमा रहेका १ सय ६७ जनाको स्वाब परीक्षणका लागि पठाईएको भएपनि सबैको रिपोर्ट आएको छैन्।
सुनिलस्मृति गाउँपालिकाका–५ मा २ र वडा नम्बर ६ मा १ सहित तीन पुरुषमा यस अघि नै कोरोना संक्रमण पुष्टि भएको थियो। बुधबार १ महिलामा संक्रमण देखिएसँगै सुनिलस्मृति गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण देखिएको छ। जेठ २५ गते गरिएको स्वाब परीक्षणबाट तीन पुरुषमा कोरोना संक्रमण देखिएको थियो। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
विषयगत स्वास्थ्य शाखाकी प्रमुख सावित्रा थापाका अनुसार सुनिल स्मृति गाउँपालिकाबाट मात्र २ सय ७६ जनाको स्वाव परीक्षणका लागि पठाइएको छ।