कर्णालीमा थप ३७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ सय नाघ्यो

कर्णालीमा थप ३७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ सय नाघ्यो

दैलेख : कर्णाली प्रदेशका कोरोना संक्रमितको संख्या ७ सय नाघेको छ । पछिल्लो २४ घण्टामा ३७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७ सय ८ पुगेको हो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार प्रदेश अस्पताल सुर्खेतको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका २५ जना, सुर्खेतमा ९ जना र जाजरकोटका ३ जनामा कोरोना पुष्टि भएको हो ।  

दैलेखको एउटै गाउँपालिकामा एकै दिन २५ जनामा संक्रमण देखिएको हो । जिल्लाको डुङ्गेश्वर गाउँपालिका वडा नम्बर १ का एक, २ मा चार, ३ मा एक, ४ मा १३ र ५ मा छ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै दैलेखमा कोरोना संक्रमितको संख्या तीन सय ८६ पुगेको छ । 

यस्तै सुर्खेतको बराहताल गाउँपालिकाका-४ का एक जना, गुर्भाकोट नगरपालिका वडा नम्बर १२ का दुई जना, १४ का पाँच जना, सिम्ता गाउँपालिका-३ का एक जनामा कोरोना पुष्टि भएको छ । जाजरकोटको छेडागाड नगरपालिका-१२ का दुई जना र शिवालय गाउँपालिका १ का एक जनामा संक्रमण देखिएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसनमा रहेका १८ जना कोरोना संक्रमित निको घर फर्किएको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मिनारायण तिवारीले बताए । यो सँगै कर्णाली प्रदेशका २९ जनाले कोरोना जितेर घर फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएका मध्ये ३ जनाको मृत्यु भएको डा. तिवारीले जनाए । 

दैलेखमा कोरोना संक्रमितको संख्या ३८६ पुग्यो

एकैदिन २५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै दैलेखमा कोरोना संक्रमितको संख्या ३ सय ८६ पुगेको छ । बुधबार डुङ्गेश्वर गाउँपालिकाका २५ जनामा कोरोना संक्रमण देखिएको हो ।  योसहित संक्रमितको संख्या तीन सय ८६ पुगेको हो । संक्रमितमध्ये नारायणका १९४, दुल्लुका ३९, चामुण्डाविन्द्रासैनीका १ र आठबीस नगरपालिकाका २ जना छन् ।

यस्तै डुङ्गेश्वरका २८, महाबुका एक सय ८, भैरबीका २,  गुराँसका २ र नौमूले गाउँपालिकाका १० जना छन् । तीमध्ये चारजना निको भएर घर फर्किएका छन् भने एकजनाको मृत्यु भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.