'कोरोनाले मरिँदैन, मर्नलाई काल आउनुपर्छ'

'कोरोनाले मरिँदैन, मर्नलाई काल आउनुपर्छ'

राजविराज :‘भारतबाट स्वदेश फर्किदा ट्रकको भिडमार्फत कोरोना संक्रमण सरेको हुनुपर्छ।’राजविराजस्थित आइसोलेसन सेन्टरबाट बुधबार डिस्चार्ज हुँदै गरेका तीन युवकले अनुमान लगाए। रोजगारीका लागि भारत गएका उनीहरु फरक-फरक ठाउँबाट आएका हुन्। बलान बिहुल गाउँपालिका-४ बेल्हीका ३५ वर्षीय अमरनाथ मण्डल हरियाणाबाट, डाकनेश्वरी नगरपालिका–४ पट्टी प्रवाहाका २२ वर्षीय रामकुमार मुखिया मुम्बई र डाकनेश्वरी–८ भुतहीका ३५ वर्षीय जसोलाल राम दिल्लीबाट आएको बताउँछन्।

भारतमा रोजगारी बन्द भएपछि लुकिछिपी आएका मण्डललाई भारतीय एसएसबीले सहजै नेपाल भित्रिन दिए। रातको समयमा नेपालका प्रहरीले पत्तै नपाएपछि घर पुगेको तर भोलीपल्टै क्वारेन्टाइनमा आएर बसेको सुनाए। नेपालसम्म आइ पुग्न उनीहरुले ट्रक साहरा लिए। त्यति बेलासम्म भारतमा कोरोना फैलिँदो थियो। फरक–फरक ट्रकमा आएका उनीहरुका अनुसार ट्रकमा क्षमता भन्दा बढी नै मानिसहरु थिए।

राम त नोयडासम्म पैदल नै आए। त्यसपछि अन्य उपाय नभएपछि भिडले भरिएको ट्रकमा उभिएर आएको उनले बताए। मण्डल श्रीमतीसहित तथा मुखिया र राम साथीहरुसँग आएका हुन्। उनीहरुको रिपोर्ट पोजिटिभ आए पनि सँगै आएका साथी र श्रीमतीको रिपोर्ट नेगेटिभ आएको कुराले उनीहरु आश्चर्यमा परेका छन्। सप्तरीको पहिलो संक्रमित डाकनेश्वरी नगरपालिका-७ हटेलका नसिम पनि चितवनबाट वैशाख ९ गते सँगै आएका १२ जना साथी र परिवारका सदस्यहरुको रिपोर्ट नेगेटिभ आउँदा आश्चर्यमा परेका थिए। मजदुरी गर्ने मण्डलले आफ्नै तर्क लगाए–‘रुखमा फलेका आँप पनि कुनै पाक्छ, कुनै कुहिन्छ, त्यस्तै भएको होला।’

साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलको आइसोलेसनमा राखिएका तीनै जना कोरोना संक्रमणलाई पराजित गरी डिस्चार्ज हुँदै गर्दा मुखियाले भने- 'कोरोना लाग्नु भन्दा अगाडि डर लागे पनि संक्रमण देखिएपछि डराउनु र लुकाउनु हुँदैन।' सुरुमा निकै अत्तालिएका थिए २२ वर्षीय मुखिया पनि। ठूला देशहरुमा हजारौ, लाखौं मानिसले ज्यान गुमाइरहेको सुनेका मुखियालाई पनि सुरुमा नयाँ रोग कोरोनाबारेमा फैलिएको आंतकले निकै डर लागेको थियो। कोरोना संक्रमण भएको खबरपछि आफू आत्तिए पनि हौसला दिने घरपरिवारलाई उनले धन्यवाद दिए। ‘आफ्ना मानिस भनेको आफ्नै हुन्छ’ घरपरिवारले निकै सम्झाएको उनले बताए। आइसोलेसनमा ल्याएपछि त चिकित्सक, स्वास्थ्यकर्मी, नर्सहरुले हरेक क्षण हौसला दिएपछि डर पुरै भागेको उनले सुनाए।

रोग लागेपछि अरुलाई सर्न नदिनु र रोगसँग लडनु महत्वपूर्ण कुरा हो भन्दै उनले आत्मबल बलियो भए कोरोनालाई पछार्न सकिने अनुभव सुनाए। सबैभन्दा राम्रो रोग नलाग्ने सबै उपाय अपनाउनु श्रेयष्कर भएको उनको भनाई छ। कोरोना लाग्ने वित्तिकै मरिन्छ भन्ने भ्रम हटाउन पनि उनले आग्रह गरे। कोरोनाको लक्षण देखियो भने सरकारले तोकेको अस्पतालमा चेकजाँच गराउनु पर्ने भन्दै उनले सतर्कता अपनाउन सबैसँग आग्रह गरे। ‘कोरोनाले मरिदैन, मर्नलाई काल आउनुपर्छ, त्यसैले कोरोना लुकाउन हुँदैन, अस्पताल चैं जानुपर्छ’ उनले थपे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.