‘रुकुम घटनालाई तोडमोड गर्ने षड्यन्त्र भयो’

‘रुकुम घटनालाई तोडमोड गर्ने षड्यन्त्र भयो’

जाजरकोट : रुकुमपश्चिमको चौरजहारी हत्याकाण्ड संघर्ष समितिले ६ जनाको ज्यान जाने गरी भएको घटनालाई तोडमोड गर्न खोजिएको छ। यसका लागि विभिन्न ६ वटा षड्यन्त्र भएको समितिको दाबी छ।

अन्तर्जातीय प्रेम सम्बन्धका कारण भएको घटनामा चलखेल हुन थालेको भन्दै घटनाको केही दिनपछि जाजरकोटमा गठन गरिएको संघर्ष समितिले पत्रकार सम्मेलनमार्फत घटनालाई तोडमोड गर्ने ६ षडयन्त्र सार्वजनिक गरेको हो। घटनालगत्तै तत्काल सुरक्षाकर्मी परिचालन र बस्ती सिल नगरिएको समितिको भनाइ छ। प्रहरीले घटनालाई नियन्त्रण गर्न कुनै प्रयास नगरेको, सोतीका स्थानीयले भेरी नगरपालिका ४ का नवराज विकसहित ६ जना युवाको हत्या गरेको र अन्य १२ जनालाई घाइते बनाउँदा पनि प्रहरी मुकदर्शक बनेको आरोप लगाइएको छ। यस्तै, १२ युवालाई घाइते अवस्थामै नियन्त्रणमा लिएको तर आक्रमणकारीलाई घटनास्थलमै छाडिएको भन्दै समितिले प्रहरीको गम्भीर त्रुटि र षडयन्त्र भनेको छ।

घटनापश्चात रुकुमका प्रहरी अधिकारी परिवर्तन गरेर अर्को षड्यत्रन्त्र भएको संघर्ष समितिले आरोप लगाएको छ। अनुसन्धानअधिकृत प्रहरीनिरीक्षक जिल्ला बाहिरबाट ल्याइनु र डीएसपीको दरबन्दी रहेको जिल्लामा एसएसपीको नेतृत्वमा अनुसन्धान थालिनु कतै राजनीतिक हस्तक्षेप र घटनालाई तोडमोड गर्ने प्रयास त होइन भन्दै समितिले प्रश्न उठाएको छ। सर्जिमिन मुचुल्का र पोष्टमार्टममा सबै विवरण पीडित परिवार र शव उद्धारमा खटेका स्थानीयको बुझाइ र देखाइभन्दा फरक मुचुल्कामा उल्लेख गरिनु पनि घटनालाई तोडमोड गर्ने षडयन्त्रका रूपमा समितिले प्रेस नोटमा उल्लेख गरेको छ।

सुरुमै प्राप्त शव पोष्टमार्टम गर्न ढिलाइ हुँदा आवश्यक प्रमाण नष्ट भएको आशंका गरिएको छ। साथै तत्काल पोष्टमार्टम गर्न सरकारी पक्षले खासै पहल नगरेको भन्दै यसलाई पनि समितिले षडयन्त्रकै रूपमा लिएको संघर्ष समितिका संयोजक नगेन्द्र शाहले बताए। सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले घटनालाई तोडमोड गर्ने पिडितलाई झन् पीडा दिने र पीडकलाई प्रोत्साहित गर्ने अभिव्यक्ति दिँदा पनि राज्यको तर्फबाट स्पष्ट धारणा सार्वजनिक नहुनु, उनीहरूलाई कारबाही नगरिनु र सशस्त्र बलका गोताखोरका टोली प्रमुख सशस्त्र प्रहरी सहायकनिरीक्षक रमेश थापाले गोविन्द सुनारको शव हात बाँधिएको अवस्थामा देख्दा देख्दै होइन भनेर सोही अनुसारको मुचुल्का तयार पार्नुमा पनि षडयन्त्र रहेको समितिको ठहर छ।

पीडित परिवारलाई अनावश्यक सोधपुछ तथा बयान लिएर झनै तनावमा पारिएको, बयान लिन रुकुम लिने गरिएको, सुरक्षाको प्रबन्ध हुन नसकेको र त्रासका बीच रुकुम गएर पीडितले बयान दिनु पर्ने कुरालाई पनि घटनालाई तोडमोड गर्ने षडयन्त्रकै रूपमा समितिले लिएको संयोजक शाहको भनाइ छ। समितिले घटनालगत्तै जाजरकोट सदरमुकाममा दैनिक नाराबाजीसहित प्रदर्शन गर्दै आएको छ। घटनालाई राजनीतिकरण गरेर तोडमोड हुन सक्ने भन्दै पीडितको न्यायका लागि दिनहुँ खबरदारीका कार्यक्रम गरिरहेको संघर्ष समितिका सहसंयोजक छवि पन्तले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.