पानी र शौचालयबिहिन आइसोलेसन

पानी र शौचालयबिहिन आइसोलेसन

डोल्पा : डोल्पाको दुनैमा बनाएको आइसोलेसन पानी र शौचालयबिहिन अवस्थामा रहेको छ। जिल्ला कारfगारको भवनमा निर्माण भएको १२ बेडको आइसोलसनमा खोनपानी र शौचालय नभएपछि बिरामी र स्वास्थ्यकर्मी मर्कामा परेका हुन।

पीसीआर पोजिटिभ भएका बिरामीलाई राख्नको लागि निर्माण गरेको आइसोलेसनमा यतिबेला आरडिटी पोजिटिभ भएका एक जना बृद्धलाई राखिएको छ। ठुलीभेरी नगरपालिका-६ दुरगाँउका ६६ वर्षका पूरुषमा आरडिटि पोजिटिभ आएपछि उनलाई जिल्ला अस्पतालबाट कारागारको आइसोलेसनमा राखिएको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए।

उनीसँगै बृद्धको सम्पर्कमा आएका अन्य ८ जना पनि त्यहि आइसोलेसनमा बसेका छन। दुईजना स्वास्थ्यकर्मीको निगारानीमा रहेको आइसोलेसनमा खानेपानी, शौचालय र खानपिनको व्यवस्था भने छैन्। आइसोलेसनका बिरामी र स्वास्थ्यकर्मी भन्छन 'खानेपानी र शौचालय बनाइदेउ।' बैशाखमा कारागारको तीन कोठामा निर्माण गरेको आइसोलेसन कक्ष हाल दुई कोठामा खुम्च्याइएको छ। 'त्यहि कोठामा पनि पानी र शौचालय भने छैन् हामीलाइ कैदी भन्दा पनि तलको व्यवहार गरिएको छ' एक स्वास्थ्यकर्मिले दुखेसो पोखे।

यता प्रमुख जिल्ला अधिकारी सुरेz सुनारले भने व्यवस्थापन राम्रो रहेको तर अस्थाई रुपमा बनाएका शौचालय हावाले भत्काएको र खानेपानी र शौचालय आजै बनाएर सेवा दिने जानाए। प्रजिअ सुनारले भने 'हामी व्यवस्थित गराउँछौ बिरामी र स्वास्थ्यकर्मीलाई सकेसम्म कुनै कुराको समस्या हुन दिने छैनौं' उनले भने।
अर्कोतिर कारगारमा रहेका कैदीबन्दीहरुले कोरोना पोजिटिभ मान्छेहरु आफुसँगै राखेको भन्दै आन्दोलन गरि रहेका छन्। उनीहरु भन्छन् 'हामीसँगैको भवनमा कोरोना पोजिटिभ भएका मानिस राख्ने आइसोलेसन बनाउन पाइँदैन तत्तकाल अन्यत्र लैजाउ।'

पूराना कारागारमा रहेका कैदीहरु हाल नयाँ कारागारमा सारिएको छ भने अर्कोतिरको भवनमा आइसोलेसन राखिएको छ। बीचमा पर्खालले मात्रै फरक बनाएको छ।  त्यसका साथै जगदुल्ला गाउँपालिकामा २२२ जनाको पीसीआर रिपोट नेगेटिभ आएको छ। जहाँ गत २० गते मृत्यु भएका ५८ वर्षका पुरुषमा कोरोना पोजिटिभ देखिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.