त्रिशुलले हानेर हत्या
![त्रिशुलले हानेर हत्या](https://annapurnapost.prixacdn.net/media/albums/00_20200612074141_rGRuu0rgrU.jpg)
दाङ : दाङमा शुक्रबार त्रिशुल प्रहारबाट एकजनाको हत्या भएको छ । बबई गाउँपालिका ३ धनबाँस गुन्द्री निवासी नारायण डाँगीलाई स्थानीय युवा बालाराम ओलीले त्रिशुल प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिए ।
त्रिशुल प्रहारबाट गम्भीर घाइते डाँगीको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सिंहले जानकारी दिए । ओलीले गाउँमा रहेको मन्दिरको त्रिशुल उप्काएर डाँगीमाथि प्रहार गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार हत्याको कारण भने खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)