तिनाउ नदीमा कार खस्यो
बुटवल : सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबामा कार दुर्घटना भएको छ । लु १ ज ४०९३ नम्बरको कार तिनाउ नदीमा खसेको हो । दुर्घटनामा चालक घाइते रहेको प्रहरीले जनाएको छ । पाल्पा दोभानका स्थानीय विष्णु पाण्डेका अनुसार प्रहरी र स्थानीय मिलेर घाइतेको भर्खर उद्धार गरिएको छ । कारमा मात्रै चलक मात्रै रहेको बताइएको छ ।
तिनाउ गाउँपालिका वडा नम्बर ३ मा दुर्घटना भएको हो । सिद्धबाबा क्षेत्रमा प्रायजसो दुर्घटना भइरन्छ।