मृतक सुत्केरीको शिशुमा देखिएन कोरोना संक्रमण

मृतक सुत्केरीको शिशुमा देखिएन कोरोना संक्रमण

भक्तपुर : भक्तपुर अस्पतालमा सुत्केरी भएको केही घन्टामै मृत्यु भएकी महिलाको शिशु, उनको घरपरिवार तथा अस्पतालका स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। 

गएको आइतबार राति सुत्केरी भएको केही घन्टामै सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका ३ घर भएर हाल भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेलमा बस्दै आएकी ३६ वर्षीया सुत्केरीको ज्यान गरिएको थियो।

मृत्युलगत्तै सुत्केरीको कोरोना भाइरस संक्रमणको द्रुत परीक्षण विधि (आरडीटी) मा पोजिटिभ आएको थियो। आरडीटी पोजिटिभ आएपछि गरिएको पीसीआर परीक्षणमा भने नेगेटिभ आएको थियो।

मृतक सुत्केरीसँगै नवजात शिशु, उनका श्रीमानसहित चार जना र भक्तपुर अस्पतालका एक जना चिकित्सकसहित नौजनाको कोरोना भाइरस परीक्षण गरिएको थियो। जसको रिपोर्ट नेगेटिभ आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।

रिपोर्ट नगेटिभ आएका शिशु, सुत्केरी महिलाका श्रीमान तथा आफन्त र भक्तपुर अस्पतालका स्वास्थ्यकर्मीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ।

सुत्केरीको पीसीआर रिपोर्ट नआएसम्म भने उनीहरु सबैलाई भक्तपुर अस्पतालको आइसोलेसन राखिएको थियो। उनको पीसीआर रिपोर्ट स्वाब पठाएको ३६ घन्टापछि मात्रै आएको थियो। पीसीआर रिपोर्ट नेगेटिभ आए पनि उनको शव व्यवस्थित रुपमा भक्तपुरस्थित संकट व्यवस्थापन समितिको नेतृत्वमा काठमाडौंको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा गरिएको थियो।
कोरोना भाइरस संक्रमणबाट नेपालमा पहिलोपटक मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको शव व्यवस्थापन गर्ने टोलीले नै उक्त महिलाको पनि सदगद गरेको हो।

त्यस्तै सुत्केरी गराइएपछि कोरोना भाइरस संक्रमण पुष्टि भएकी दोलखा घर भई भक्तपुर नगरपालिका–९ कमलविनायकमा कोठा रहेकी संक्रमितलाई सुत्केरी गराउने कार्यमा संलग्न मध्यपुर अस्पतालका चिकित्सकसहित ३० जनाको कोरोना परीक्षण पनि नेगेटिभ आएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए।

कुवेतबाट आएका १०९ खरिपाटी क्वारेन्टाइनमा
यसैबीच कुवेत सरकारले नेपाल फर्काएका एकसय ९ जना नेपालीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ। बिहीबार नेपाल पुगेका उनीहरुलाई खरिपाटी क्वारेन्टाइनमा पठाइएको हो।

त्यहाँ उनीहरुको व्यक्तिगत विवरण लिने, उनीहरुलाई कसको जिम्मा लगाउने जस्ता ट्रेसिङ गर्ने कार्य भइरहेको प्रहरी उपरीक्षक प्रधानले बताए। उनीहरुको सबै विवरण लिने कार्य भएपछि सम्बन्धित जिल्ला पठाइने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.