भारतबाट आएर क्वारेन्टाइनमा बसेकी किशोरीले छोरा जन्माइन्
प्यूठान : प्यूठानको नौवहिनी गाउँपालिका वडा नम्वर ७ खानीगाउँकी एक किशोरीले क्वारेन्टाइनमै शिशु जन्माएकी छिन् । स्थानीय नेरा आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेकी १८ वर्षीय सरस्वती पुनले गएराति छोरा जन्माएकी हुन् ।
श्रीमानसँगै भारतबाट आएकी उनी केही दिनदेखि क्वारेन्टाइनमा बस्दै आइरहेको वडा अध्यक्ष दिलमान रानाले जानकारी दिए । ‘स्वास्थ्यकर्मी सहित क्वारेन्टाइनमा जाने तयारी गरेका छौँ’,रानाले भने,‘क्वारेन्टाइनमा राख्ने वा घर पठाउने त्यसपछि सल्लाह गर्छौ ।’