विजुली पुगेपछि पाटनेबासी हर्षित

विजुली पुगेपछि पाटनेबासी हर्षित

उदयपुर : सेतो स्वीच प्याट्ट थिच्नसाथ उज्यालो बत्ति बलेपछि उदयपुरको कटारी नगरपालिका वडा नंम्बर ७ पाटनेकी ७८ वर्षीया बिमला मगर निकै खुशी भइन् । सहर बजार त्यति नडुलेकी बिमला पहिलोपटक घरमा विजुली पुगेपछि हर्षित हुँदै निकै अलमलिइन पनि । 

    
एउटा स्वीच दावेकै भरमा घरै उज्यालो भएपछि विजुली उदघाट्न गर्न पुगेका मेयर ज्ञानेन्द्र श्रेष्ठलाई धन्यवाद दिँदै उनले भनिन्, ‘आफूले त त्यस्तै उस्तै हो छोरानातिको पालामा बत्ति बल्छ जस्तो लागेको थियो तर मलाई नै उज्यालोमा बस्न जुरेको रहेछ ।' 
    
रातको समयमा बालिने टुकी र डिबीको सम्झना गर्दै उनले भनिन्, ‘आज ज्यादै खुशी लागेको छ, कहिले मट्टितेल सकिने कहिले किन्नै जान नभ्याउने समस्याले अँध्यारोमा रात काटदै आएका थियौँ ।' क्रमश विकास निर्माणका काम हुँदै गएकाले आफूले दिएको भोट खेर नगएको बताइन् । 
    
७८ वर्षीया विमलाको कुरा सुनेर मुसुक्क हाँस्दै मेयर श्रेष्ठले भने, ‘वज्यु ! आज त बत्ति मात्र बल्यो, केहि दिनपछि सरर गाडी नै कुद्छ, घरघरमा खानेपानी आउँछ, ढुक्क हुनु, धेरै काम गर्न बाँकी छ, हामी पूरा गर्छौं।' त्यसो त विमलाले मात्र हैन त्यहाँका ६९ घरपरिवारको अँध्यारोमा रात बिताउनु पर्ने बाध्यता टरेको छ । विपन्न परिवारको बसोबास रहेको पाटनेबासीलाई देशविदेशका ताजाखवर हेर्न र सुन्न कि छिमेकी गाउँ कि घरबाट सहरबजार जाने दिन नै कुर्नु पर्दथ्यो । मोबाइल नेटवर्कसमेत नभएकाले सामाजिक संजाल प्रयोग गर्न पाइरहेका थिएनन् । दुईचार घरमा सोलार राखेर बत्ति बाले पनि ९५ प्रतिशत परिवार अँध्यारोमा नै रात बिताउन बाध्य भएको वडाध्यक्ष धनकुमार दनुवारले बताए ।' 
    
उनले ६९ घरपरिवारको वर्षौदेखिको विजुली बाल्ने सपना बल्ल पूरा भएको बताए । बजेट फ्रिज हुने भएपछि लकडाउनको समेत प्रवाह नगरी स्थानीय आफैँले रातदिन नभनी काम गरेर विजुली बाल्न सफल भएको उनले बताए । वडाको ३२ लाख बजेट र विद्युत प्राधिकरणको ४ वटा ट्रान्सफर्मर सहयोगमा स्थानीयले विजुली बालेका हुन् । चालु आर्थिक वर्षमा वडाको बाँकी रहेको मर्जेतपुरमा पनि बिजुली पुर्‍‍याउने लक्ष्य रहेको वडाध्यक्ष दनुवारले बताए । 
    
लकडाउन र विविध समस्याका बीच पनि बत्ति जडान भएपछि नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले विद्युत प्रशारणको उदघाटन गरे । सो अवसरमा मेयर श्रेष्ठले विकास निर्माणका हिसावले पछि परेको पाटने गाउँमा नगरपालिकाले प्राथामिकतामा राखेर विकासका कामलाई अघि बढाइने बताए । उनले शिक्षा, स्वास्थ्य, सडक र खानेपानीलाई प्राथामिकतामा राखिने उद्घोष गरे । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.