बेनीमा युवाको प्रर्दशन

बेनीमा युवाको प्रर्दशन

बेनी : कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लिएको नीति सुधार गर्न माग गर्दै बेनीका युवाले आइतबार प्रर्दशन गरेका छन् । जिल्ला प्रशासन कार्यालय अगाडि जम्मा भएका युवाले प्ले कार्डसहित भौतिक दुरि कायम गर्दै विरोध प्रर्दशन गरेका हुन् । 

बिहान १० देखि ११ बजेसम्म प्रशासन कार्यालय अगाडिको चोकमा बसेर उनीहरुले प्रर्दशन गरेका थिए । ‘सरकारलाई खबरदारी गर्न सामाजिक सञ्जाल फेसबुकमार्फत अपिल गरेका थियौं,’ प्रर्दशनको अगुवाइ गरेका छवीलाल आचार्यले भने, ‘बेथितिको खबरदारी र सुधारका लागि दवाव दिन रचनात्मक शैलीमा प्रर्दशन गरेका हौँ ।’

उनीहरुले पीसीआर विधिबाट कोरोनाको परीक्षणमा तीव्रता दिनुपर्ने, बजेटको सही परिचालन गर्नुपर्ने, क्वारेन्टाइनलाई मापदण्ड अनुसारको बनाउनुपर्ने, अनियमितता गर्नेलाई कारबाही गर्नुपर्ने, जनजीवन सहज बनाउनुपर्ने लगायतका माग राखेका थिए ।

 

भारतले कब्जा गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई नेपालको निशान छाप तथा संविधानमै समावेश गर्ने वातावरण मिलाएकोमा सरकारलाई धन्यवादसमेत दिएका थिए । राष्ट्रिय मुद्दाका साथै स्थानीय विषयमा पनि जनप्रतिनिधिलाई खबरदारी गरेका थिए । 

बेनीको कालीपुल बसपार्क निर्माणमा ढिलाइ भएको र बेनीमा कोल्ड स्टोर निर्माणमा आएका एक करोड किन फिर्ता भयो भनेर प्रश्न गरेका थिए । छातिमा प्लेकार्ड टाँसेका केही प्रर्दशनकारीले नेपालको झण्डा समाएका थिए । 

सरकारले अहिलेको समस्यालाई व्यवस्थापन गर्न नसकेकाले राजधानीबाट सुरु भएको आन्दोलनको हिस्सा अन्तरगत बेनीमा पनि प्रर्दशन गरेका हुन् । अधिकांश युवा सामाजिक सञ्जाल फेसबुकमा कुराकानी गरेर छोटो समयमै भेला भएका बिनिता खत्रीले बताइन् ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.