भारतबाट सप्तरी आएका थप १० जनामा कोरोना संक्रमण

भारतबाट सप्तरी आएका थप १० जनामा कोरोना संक्रमण

राजविराज : सप्तरीमा आमा-छोरा र बावु-छोरासहित १० जनामा कोरोना संक्रमण देखिएको छ।भारतको दिल्लीबाट आएका आमा-छोरा र भारतको चण्डीगढबाट आएका बुवा-छोरामा कोरोना संक्रमण देखिएको बोदे बर्साइन नगरपालिका स्वास्थ्य संयोजक बैद्यनाथ साहले बताए ।

बोदे बर्साइन नगरपालिका-५ की ४० वर्षीया महिला र उनका ५ वर्षीय छोरा तथा वडा नम्बर १० का ३८ वर्षीय पुरुष र उनका ५ वर्षीय छोरामा संक्रमण पुष्टि भएको स्वास्थ्य संयोजक साहले बताए ।

यसैगरी बोदे बर्साइन नगरपालिका वडा नम्बर १ र ६ का ३६ र ३८ वर्षीय तथा वडा नम्बर ५ र ६ का क्रमशः ४२ र २४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको साहले बताए । यसैगरी खडक नगरपालिका-५ का १८ र ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया अधिकृत नारायणप्रसाद राउत बरैले जानकारी दिए ।

संक्रमितहरु सबैजना भारतको दिल्ली, चण्डीगढ, महाराष्ट्र, हरियाणाबाट आएर क्वारेन्टाइनमा बसेका हुन् । यो समेत सप्तरीमा संक्रमित हुनेको सङ्ख्या १ सय ४८ पुगेको छ । जसमा ९ जना महिला छन् । 

सप्तरीको बोदे बर्साइन नगरपालिकामा ३२, हनुमाननगर कंकालिनी नगरपालिका र बलान बिहुल गाउँपालिकामा २७÷२७, छिन्नमस्ता गाउँपालिकामा १५, राजगढ गाउँपालिकामा १३, राजविराज र डाकनेश्वरी नगरपालिकामा १२÷१२, खडक नगरपालिकामा ३, कञ्चनरुप नगरपालिकामा २, सुरुङ्गा र शम्भुनाथ नगरपालिका तथा बिष्णुपुर, तिरहुत र महादेवा गाउँपालिकामा १÷१ जना संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.