भक्तपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

भक्तपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

भक्तपुर : भक्तपुरमा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर नपा १० कमलविनायक भत्क्यापाटी र मध्यपुर थिमि नपा ९ बोडेमा भएका दुई सवारी दुर्घटनामा एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

चाँगुनारायण नपा ७ खरिपाटीबाट भक्तपुरतर्फ आउँदै गरेको बा ९५ प १४५५ नम्बरको मोटरसाइकल आइतबार साँझ भक्तपुर नपा १० कमलविनायक भत्क्यापाटीमा आफै अनियन्त्रित भई नालीमा खस्न जाँदा चालक १७ वर्षीय रञ्जित माहाजुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भक्तपुर नपा १० कमलविनायक निवासी माहाजुलाई तत्काल उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो । थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको सम्बन्धित चिकित्सकले घोषणा गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

उनका अनुसार दुर्घटना भएको मोटरसाइकल महानगरीय ट्राफिक प्रहरी प्रभाग कमलविनायकको नियन्त्रणमा रहेको छ । त्यस्तै मध्यपुर थिमि नपा ९ बोडेमा बा ५ ख ४३११ नम्बरको पानी ट्यांकर र बा ९२ प ७०७७ नम्बरको स्कुटी एकाफसमा ठोक्किँदा स्कुटी पछाडि सवार काठमाडौंको कागेश्वरी बस्ने ४५ वर्षीया लक्ष्मी कार्कीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

उनका अनुसार सुरुमा ठक्‍करबाट गम्भीर घाइते कार्कीलाई तत्काल मध्यपुर थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल लगिएको थियो । थप उपचारका लागि काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पताल लगिएको थियो। त्यहीं उपचारको क्रममा आइतबार राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए।

उनका अनुसार दुवै सवारीसाधन र ट्याङ्कर चालक रामेछापको मन्थली ३ घर भई हाल भक्तपुर बस्ने ४१ वर्षीय राजकुमार खत्रीलाई महानगरीय प्रहरी वृत्त ठिमीको नियन्त्रणमा राखिएको छ । दुइटै घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.