भारतबाट फर्केर क्‍वारेन्टाइनमा बसेका युवाको मृत्यु

भारतबाट फर्केर क्‍वारेन्टाइनमा बसेका युवाको मृत्यु

सुर्खेत : जिल्लाको गुर्भाकोट नगरपालिका–७ स्थित क्वारेन्टाइनमा बसेका स्थानीय एक युवाको मृत्यु भएको छ। उनी १३ दिनअघि भारतबाट गाउँ फर्किएपछि क्वारेन्टाइन बसेका थिए। सोमबार विहान करिब १० बजेतिर उनको मृत्यु भएको गुर्भाकोट नगरपालिकाका प्रखुख हस्त पुनले जानकारी दिए।

उनका अनुसार मृतक युवा क्वारेन्टाइन बस्नु पहिलेदेखि नै बिरामी थिए। केहिदिन अघि लडेर उनलाई सामान्य चोटसमेत लागेको थियो। सोमबार विहान आफैले पकाएको खाना खाएपछि एक्कासी बसिरहेको बेला उनको मृत्यु भएको बताइएको छ। मृत्युपछि उनको स्वाब परीक्षणका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ। पीसीआर रिपोर्टपछि मात्रै उनको मृत्यु कोरोना भाइरस वा अन्य कारणले भएको भन्नेबारे स्पष्ट हुनेछ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.