गण्डकी प्रदेशको बजेट ३४ अर्ब ८० करोड
पोखरा : गण्डकी प्रदेश सरकारले ३४ अर्ब ८० करोड रुपैयाँको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले त्यतिको बजेट सोमबार गण्डकी प्रदेशसभामा प्रस्तुत गरेका हुन्। उनका अनुसार बजेटको १९ अर्ब रुपैयाँ पुँजीगततर्फको हो।
चालु आर्थिक वर्षमा गण्डकीको बजेट यसभन्दा कम थियो। चालु आवमा गण्डकीको बजेट ३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँको थियो। चालु आवमा खर्च नभएर नगद मौज्दात बढ्दा आगामी आर्थिक वर्षको बजेट वृद्धि भएको पनि अर्थमन्त्रीले सुनाए। उनले बजेट मन्तव्यमा बताएका केही बुँदाः
- पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने कार्यक्रमलाई निरन्तरता। पोखरा सभागृह मर्मत र स्तरोन्नतिलाई १ करोड रुपैयाँ विनियोजन।
- गण्डकी समाज सभ्य समाज अभियानका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ।
- आमसञ्चार माध्यम व्यवस्थित गर्न ६० लाख।
- प्रदेशका पत्रिकालाई लोककल्याणकारी विज्ञानपनका लागि बजेट विनियोजन।
- प्रशासनिक खर्चमा मितव्ययिता अपनाउन २०७७ साउन १ गतेदेखि भत्ता खारेज। खाजा खर्च, बैठक भत्ता लगायत खर्च खारेज
- कोरोना महामारीबाट प्रभावित उद्योग व्यवसाय जोगाउन १ अर्ब रुपैयाँको कोष बनाउने।
- संक्रामक रोग उपचार केन्द्र निर्माण गर्न ५ करोड विनियोजन।
- विशिष्टीकृत अस्पतालका लागि २ करोड विनियोजन।
- गर्भवती र सुत्केरीको हेली उद्धार कार्यक्रमलाई निरन्तरता।
- धौलागिरि अस्पताललाई २ सय शैयामा स्तरोन्नति गरिने।
- अस्पतालहरु स्तरोन्नति लगायत कार्यक्रमलाई २८ करो ४० लाख विनियोजन।
- सामाजिक सुरक्षा कोषका लागि ५ करोड रुपैयाँ विनियोजन।
- खेलकुद विकासका लागि ८ करोड ३५ लाख रुपैयाँ विनियोजन।
- मुख्यमन्त्री कप फुटबललाई निरन्तरता।
- गण्डकी प्रज्ञा प्रतिष्ठानका लागि।
- प्रदेशको कला साहित्य र संस्कृति प्रवर्द्धन गर्न बजेट विनियोजन।
- भगत सर्वजित सिप विकास कार्यक्रम गर्न बजेट विनियोजन।
- सहुलियत ब्याजदरमा कृषि ऋण उपलब्ध गराउन २ करोड २ लाख रुपैयाँ विनियोजना। (गत आवमा यो शीर्षकमा ५ करोड रुपैयाँ बजेट थियो।)
- पशुखोप कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था।
- सिँचाइका साना आयोजनाका लागि २ करोड रुपैयाँ विनियोजन।
- पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासका लागि बजेट विनियोजन। पुराना कार्यक्रमलाई निरन्तरता।
- व्यवसाय पुनर्जीवन कोषबाट पर्यटनका समस्या सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ। पर्यटनका लागि २७ करोड विनियोजन।
- एक स्थानीय तह एक उद्योग कार्यक्रमका लागि ५ करोड रुपैयाँ विनियोजन।
- वन तथा वातावरण र विज्ञान प्रविधि
- भूसंरक्षणका लागि २५ करोड १४ लाख रुपैयाँ विनियोजन।
- भीमादमा पन्छी उद्यान।
- हिमाली जिल्लामा कस्तुरी मृग फार्मका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन। निजी क्षेत्रको सहकार्यमा मृत प्रजनन् केन्द्र तथा फार्म स्थापना गर्ने।
- फेवातालको संरक्षण गर्न बजेट विनियोजन।
- पोखरा चक्रपथलगायत सडकका लागि १६ करोड रुपैयाँ।