आरडिटी पोजिटिभ देखाएको भन्दै स्वास्थ्यकर्मीमाथि ढुंङ्गा प्रहार

आरडिटी पोजिटिभ देखाएको भन्दै स्वास्थ्यकर्मीमाथि ढुंङ्गा प्रहार

बाजुरा : बाजुरा जिल्लाको पूर्बी उत्तरी क्षेत्रको हिमाली गाउँपालिका-५ कवाडीको क्‍वारेन्टाइनमा बसेकाहरुले आरडीटी परिक्षण गर्न गएका स्वास्थ्यकर्मी माथि हिजो ढुंङ्गा प्रहार गरेका छन्। भारतलगायत विभिन्न स्थानबाट घर फर्किएर वडा हिमाली गाउँपालिकाको ५ को क्‍वारेन्टाइनमा बसिरहेकाहरुले आरडीटी रिपोर्ट पोजिटिभ आएपछि स्वास्थ्यकर्मी माथि ढुङ्गा प्रहार गरेको हिमाली जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बरिष्ट जनस्वास्थ्य अधिकृत्त दया कृष्ण पन्नले बताए।

भारतबाट आएर क्‍वारेन्टाइनमा १४ दिन पुरा भए पछि गाउँपालिकाका स्वास्थ्य संयोजक राजबहादुर भण्डारी आफै आरडीटी टेष्ट गर्न गएका थिए। केहि व्यक्तिको आरडिटी टेष्ट गरी सकेपछि एक जना महिलाको आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो। महिलाको आरडिटी रिपोर्ट पोजिटिभ आएपछि किन आरडीटी रिपोर्ट पोजिटिभ निकालिस भन्दै स्वास्थ्यकर्मी भण्डारीमाथि नै ढुङगामुडा प्रहार गरेको पन्तले बताए। प्रहार गरेको ढुङ्गा लागेर हिमाली गाउँपालिका स्वास्थ्य संयोजक भण्डारी घाइते भएका छन्। भण्डारीको छातिमा गम्भीर चोट लागेपछि अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भैरहेको प्राथमीक स्वास्थ्य केन्द्रका कोबिट १९ रोकथाम तथा नियन्त्रण समिति फोकल पर्सन ओमजंग शाहीले बताएका छन्।

स्वास्थ्य संयोजक भण्डारीको छातिमा निलडाम परेको छ र स्वास्थ्यकर्मी भण्डारी बोल्न सक्ने स्थितिमा नभएको शाहीले बताए। थप जाँच भइरहेकाले अवस्था अनुसार रिफर गर्ने नगर्नेबारे प्राथमिक स्वास्थ्य केन्द्रले आज निर्णय गर्ने बताइएको छ। कोरोना संक्रमणको जोखिम उच्च रहेका बेला क्‍वारेन्टाइनमा बसेकाहरुबाटै स्वास्थ्यकर्मी माथि ढुङ्गामुडा प्रहार भएको प्रति हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले आपत्ति प्रकट गरेका छन्। अध्यक्ष मल्लले घटनामा संलग्नलाई कारवाहीका लागि कानुनी प्रक्रियामा जाने बताएका छन्।

हिमाली गाउँपालिका बाजुरा जिल्लाको दुर्गम तथा जिल्ला सदरमुकामबाट टाढाको ठाउँमा स्वास्थ्यकर्मी नै नपाइने ठाउँमा स्थानीयले गरेको यस्तो ब्यवहार प्रति आफू दुखित भएको बताएका छन्। उता जिल्ला प्रहरी कार्यालयले आवश्यक कारवाहीका लागि स्थानीय प्रहरी प्रशासनलाई निर्देशन दिएको जनाएको छ। हिजो हिमाली गाउँपालिकाका विभिन्न तीन स्थानमा गरिएको आरडिटी परिक्षणमा ३ जनाको रिपोर्ट पोजिटिभ आएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.