क्‍वारेन्टाइनमै भयो विवाह

क्‍वारेन्टाइनमै भयो विवाह

दाङ : दाङमा एक जोडीले क्वारेन्टाइनमै विवाह गरेका छन् । उनीहरुको विवाह वडा अध्यक्षको रोहबरमा भएको हो । घोराही उपमहानगरपालिका १८ मा रहेको बेलघारी क्वारेन्टाइनमा बसेका युवायुवतीले  विवाह गरेको वडा अध्यक्ष भरत अर्यालले बताए ।

घोराही उपमहानगरपालिका १८ का समीर वली र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ की सीता चौधरीबीच क्वारेन्टाइनमै  विवाह भएको हो । भारतको दिल्लीबाट आएका उनीहरु क्वारेन्टाइनमा बसेका थिए  । उनीहरु बीच प्रेम सम्बन्धमा रहेकाले उनीहरुकै आग्रहमा विवाह गरिदिएको वडा अध्यक्ष अर्यालले जानकारी दिए ।

'भारतबाट आउँदा उनीहरु प्रेम सम्बन्धमा रहेछन्, त्यसैले घर सल्लाहमा जेठ ३२ गते बरपीपल साक्षी राखेर विवाह गराइ दिएको हुँ', वडा अध्यक्ष अर्यालले भने। पीसीआर परीक्षण रिपोर्ट आएपछि विवाह गर्न सुझाए पनि आफूहरुको धर्मसंस्कारमा ९ महिनामा विवाह गर्न नमिल्ने बताएपछि जेठ ३२ गते नै सामान्य ढंगले विवाह गराएको अर्यालले बताए । 

उनीहरु जेठको पहिलो सातामात्रै भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए । करीब २४ दिन क्वारेन्टाइनमा अलग्लै बसेका उनीहरुको रिपोर्ट विवाह गरेको एक दिनपछि असार १ गते सोमबार आएको छ।

उक्त क्वारेन्टाइनमा उनीहरुसँगै बसेका अन्य ४ जनाको रिपोर्ट पोजिटिभ आएपनि ती नवविवाहित जोडीको रिपोर्ट भने नेगेटिभ आएको छ । रिपोर्ट नेगटिभ आएकाले घरमा अलग्गै एक सातासम्म सेल्फ क्वारेन्टाइनमा बस्ने गरी डिस्चार्ज गरिएको वडा अध्यक्ष अर्यालले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.