१७ वर्षीया गर्भवतीमा कोरोना संक्रमण पुष्टि

१७ वर्षीया गर्भवतीमा कोरोना संक्रमण पुष्टि

सन्धिखर्क : अर्घाखाँचीमा एक गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । गर्भवतीसहित अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ४४ पुगेको छ । पाणिनी गाउँपालिका ८ को क्वारेन्टाइनमा रहेकी १७ वर्षीया गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएको हो। भारतबाट परिवारसहित आएर क्वारेन्टाइनमा बसेकी ती युवती ३ महिनाकी गर्भवती रहेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए । 

करिब डेढ वर्षअघि विवाह भएकी ती युवती भारतको हरियाणमा श्रीमानसँगै बस्दै आएकी थिइन् । गत जेठ १० गते कृष्णनगर नाका हुँदै आएकी उनको आरडिटी परीक्षण पोजिटिभ देखिएपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

कलिलो उमेरमै गर्भवती भएकी ती किशोरीको स्वास्थ्यमा खराबी आउन नदिन विशेष ख्याल राखिएको छ ।  उनको स्वास्थ्य अवस्था सामान्य रहेको पाणिनी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरेले बताए । अर्घाखाँचीमा महिलामा कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो । 

कोरोना संक्रमित युवती भर्खर १७ वर्ष टेकेकी छिन् । सँगै क्वारेन्टाइनमा रहेका उनका श्रीमानको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.